१८ वर्षअघि आजकै दिन काठमाडौँबाट यसरी भएको थियो विमान अपहरण
नयाँ दिल्ली, ९ पुस । अठार वर्षअघि, २४ डिसेम्बरको साँझ थियो, दिन थियो शुक्रबार र घडीमा चार बज्न लागेको थियो । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको फ्लाइट ८१४ नयाँ दिल्लीको लागि रवना हुन्छ ।
साँझ पाँच बजे जसरी विमान भारतीय वायु क्षेत्रमा प्रवेश गर्छ, अपहरणकर्ता हरकतमा आउँछन् र विमानलाई पाकिस्तान लैजान माग गर्छन् । यतिबेला विश्वलाई भारतीय विमान अपहरणमा परेको थाहा भइसकेको हुन्छ । साँझ ६ बजे विमान भारतको अमृतसरमा केही समयका लागि रोकिन्छ । त्यसपछि त्यहाँबाट लाहौरका लागि रवाना हुन्छ ।
पाकिस्तान सरकारको अनुमति बिना यो विमान राती आठ बजेर सात मिनेट जाँदा लाहौरमा ल्याण्ड गर्छ । लाहौरबाट दुबई हुँदै इन्डियन एयरलाइन्सको अपहरित विमान अर्को दिन विहान करिब साढे आठ बजे अफगानिस्तानको कान्दाहारको जमिनमा ल्याण्ड गर्छ । त्यतिबेला कान्दाहारमा तालिवानको राज थियो ।
विमानमा थिए १८० यात्रुः
विमानमा कूल १८० यात्रु थिए । विमान अपहरणको केही घण्टामा नै चरमपन्थीहरुले एक यात्री रुपन कात्यालको हत्या गर्छन् । २५ वर्षीय रुपनमाथि चरमपन्थीहरुले कयौँ पटक चाकुले हमला गरेका थिए । राती पौने दुई बजे विमान दुबई पुगेको थियो । त्यहाँ इन्धन भर्दा केही यात्रुहरुलाई छाड्ने सम्झौता भएको थियो ।
दुबईमा २७ यात्रुहरुलाई रिहा गरिएको थियो जसमा धेरै महिला र बालबालिका थिए । यसको एक दिनपछि डायविटिजबाट पीडित एक अर्का व्यक्तिलाई रिहा गरिएको बीबीसीले जनाएको छ । कान्दाहारमा क्यान्सरबाट पीडित सिमोन बरार नामका एक महिलालाई उपचारको लागि विमानबाट बाहिर जाने अनुमति दिइएको थियो तर, ९० मिनेटका लागि मात्र ।
उता, बन्धक संकटका दौरान भारत सरकारको अप्ठ्यारो बढिरहेको थियो । मिडियाको दबाब थियो, त्यसमाथि बन्धक यात्रीहरुका परिवारजनले विरोध प्रदर्शन गरिरहेका थिए । यता अपहरणकर्ताहरुले यात्रुहरुलाई रिहा गर्न आफ्ना ३६ चरमपन्थी साथीहरुलाई रिहा गर्नका साथै २० करोड अमेरिकी डलर फिरौती दिन माग अघि सारिरहेका थिए ।
तालिवानको भूमिकाः
अपहरणकर्ताले एक कश्मिरीको शव पनि सुम्पिनु पर्ने माग गरिरहेका थिए । तर, तालिवानको आग्रहपछि उनीहरुले पैसा र शवको माग छोडिदिए । भारतीय जेलमा बन्द चरमपन्थीहरुको रिहाईको मागमा भने उनीहरु अडिग थिए ।
पेटको क्यान्सरबाट पीडित सिमोन बरारको स्वास्थ्य निकै बिग्रिएपछि तालिवानले उनको उपचारको लागि अपहरणकर्तासँग कुराकानी गरे । तालिवानले एकतर्फ अपहरणकर्ता र अर्कोतर्फ भारत सरकारसँग पनि सम्झौताका लागि दबाब बनाइराखेको थियो ।
एउटा समय यस्तो लाग्न थालेको थियो, तालिवान कुनै सख्त कदम उठाउन सक्नेछ । तर, पछि गृहमन्त्री लालकृष्ण आडवानीले भने, ‘तालिवानले कान्दाहारमा कुनै रक्तपात हुनुहुँदैन भनेर सकारात्मक रवैया देखाएको थियो । नत्र उनीहरुले विमानमा आक्रमण गर्ने उनीहरुले चरमपन्थीहरुलाई चेतावनी दिएका थिए । यसरी अपहरणकर्ता आफ्नो मागबाट पछि हट्न बाध्य भए ।’
वाजपेयी सरकारः
विमानमा धेरै यात्रु भारतीय भए पनि त्यहाँ अस्ट्रेलिया, बेल्जियम, क्यानाडा, फ्रान्स, इटाली, जापान, स्पेन र अमेरिकाका पनि नागरिक पनि यात्रा गर्दै थिए । तत्कालिन एनडीए सरकरले यात्रीहरुको सुरक्षाका सुनिश्चित गर्नका लागि तीन चरमपन्थीहरुलाई कान्दाहार लगेर रिहा गर्न परेको थियो ।
३१ डिसेम्बरमा सरकार र अपहरणकर्ताबीच सम्झौतापछि दक्षिणी अफगानिस्तानको कान्दाहार विमानस्थलमा अपहरण गरी राखिएका सबै १५५ बन्धनलाई रिहा गरियो । वाजपेयी सरकारले भारतीय जेलमा बन्द केही चरमपन्थीहरुलाई रिहा गर्न तयार भएपछि यो अपहरणको ड्रामा सकिएको थियो ।
तत्कालिन अटल विहारी वाजपेयी सरकारका विदेशमन्त्री जसवन्त सिंहले आफै तीन चरमपन्थीहरुलाई साथमा लिएर कान्दाहार पुगेका थिए । छाडिएका चरमपन्थीहरुमा जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहर, अहमद गरगर र शेख अहमद उमर सईद शामिल थिए ।
सुरक्षाको ग्यारेन्टीः
भारत सरकार र चरमन्थीहरुबीच सम्झौता हुने वित्तिकै तालिवानले उनीहरुलाई १० घण्टाभित्र अफगानिस्तान छाड्न अल्टिमेटम दिएको थियो । शर्त मानेपछि चरमपन्थीहरु हतियारसहित विमानबाट उत्रिएका थिए र विमानस्थलमा उनीहरुलाई पर्खिराखेको गाडीमा बसेर तुरुन्त त्यहाँबाट हिँडेका थिए ।
इन्डियन एयरलाइन्सको विमान अपहरण गर्ने चरमपन्थीहरुले आफ्नो सुरक्षाको ग्यारेन्टीका लागि तालिवानका एक अधिकारीलाई पनि आफ्नो हिरासतमा राखेको थियो ।
केही यात्रुका अनुसार बन्धक संकटका दौरान अपहरणकर्ताले आफ्नै गुटको एक व्यक्तिको पनि हत्या गरेका थिए । यद्यपि, यसको कसैले पुष्टि भने गरेका छैनन् ।
विमान अपहरण भएको आठ दिनपछि अर्थात् ३१ डिसेम्बरमा सरकारले सम्झौताको घोषणा गरेको थियो । प्रधानमन्त्री वाजपेयीले नयाँ वर्षको पूर्व सन्ध्या देशलाई सरकारले चरमपन्थीहरुको मागलाई निकै कम गर्न सफल भएको जानकारी दिएका थिए ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












