दलहरु दुई धुब्रमा बाँडिएपछि गाँठो फुकाउन राष्ट्रपति भण्डारी सक्रिय, नेताहरुसँग दिनहुँ परामर्श
काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुसँग परामर्श गरेकी छन् । निर्वाचन सम्पन्न भएको लामो समय भईसक्दा पनि राष्ट्रिय सभासदस्य निर्वाचन सम्बन्धी अध्यादेशबारे दलहरुबीच विवाद जारी रहेका बेला राष्ट्रपति भण्डारी सक्रिय भएकी हुन् ।
उनले आईतबार संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेकी छन् । अभिभावको हैसियतमा राष्ट्रपति भण्डारीले यसअघि पनि प्रमख दलका नेताहरुसँग यसवारे परामर्श गरेकी थिइन् ।
यादवसँग राष्ट्रियसभा सदस्य निर्वाचन र यसमा दलहरुबीच देखिएको विवादका बारेमा छलफल गरकी हुन् । आजै राष्ट्रपतिले राजपा नेपालका नेतासँग पनि परामर्श गर्ने राष्ट्रपतिका प्रेश संयोजक माधव शर्माले जानकारी दिए ।
प्रमुख दल नेपाली कांग्रेस र बाम गठबन्धनका एमाले–माओवादीबीच एकल संक्रमणीय निर्वाचन प्रणाली वा बहुमतीय प्रणाली भन्नेमा विवाद रहेका बेला राष्ट्रपतिले दलहरुसँगको छलफललाई तीब्रता दिएकी हुन् । कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभासदस्य निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ भने बाम गठबन्धन बहुमतीयको वकालत गरिरहेका छन् ।
यसअघि यसबारेमा राष्ट्रपति भण्डारीले शुक्रबार दिँउसो कांग्रेसका शीर्ष नेतासँग परामर्श गरेकी थिइन् । अघिल्लो शुक्रबार र शनिबार पनि राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेकी थिइन् । त्यसअघि राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनव्यवसायीसँग पुनः परामर्श गरेकी थिइन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












