विभिन्न हल्ला चलिरहेका बेला ओली र प्रचण्डबीच टेलिफोन वार्ता, के के भयो कुराकानी ?
काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच टेलिफोन कुराकानी भएको छ । दुई पार्टी एकताका लागि एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बेला ओली र प्रचण्डबीच आईतबार बिहान टेलिफोन कुराकानी भएको हो ।
कुराकानीका क्रममा सरकार गठन, पार्टी एकतालगायतका विषयमा छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । दुई अध्यक्षबीचको कुराकानीपछि पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बिहान बस्ने तय भएको छ । यसअघि शनिवार एकता संयोजन समिति बैठक बस्ने भनिएको भएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।
टेलिफोन कुराकानीका क्रममा प्रचण्डले प्रतिपक्षलाई पनि सम्हालेर लिएर जानुपर्ने जिम्मेवारी भएको बताएका छन् । टेलिफोनका क्रममा प्रचण्डले राष्ट्रियसभा गठनमा आफ्नो फरक मत समेत दर्ज गराएका छन् । एमालेले अध्यादेशमा प्रस्तावित एकलसंक्रमणीय मत प्रणाली अस्वीकार्य भएको अडान लिँदै आएको छ । ओलीले यसलाई कांग्रेसको सत्ता लम्ब्याउने खेलका रुपमा लिएका छन् । तर, प्रचण्डले कांंग्रेसविहीन राष्ट्रियसभा बनाउन नहुने आफ्नो धारणा ओलीलाई सुनाएका छन् ।
‘कांग्रेसका साथीहरुको समस्या के भन्ने वामपन्थीहरुले बुझिदिनुपर्ने देखेको छु मैले’, प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा भने, ‘बहुमतीयमा गयो भने कांग्रेसको एउटा पनि नआउने भयो, राष्ट्रियसभामा एकजना पनि नआउनु वामपन्थीका लागि पनि धेरै खुसीको कुरा हुँदैन ।’
प्रचण्डले अघि थपे, ‘यो प्रणालीभित्र कमसेकम प्रतिपक्षका २र४ जना हुँदा बहस छलफलमा जो जीवन्तता आउँछ । त्यो उपाय खोजी गर्नेतिर ध्यान दिँदा राम्रो हुने हो कि भनेर मैले ओलीजीलाई भनेको छु, सोचौं है सोचौं ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











