पर्साको ठोरी पुग्दै प्रचण्डले भने, ‘अब ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भयो’
पर्सा, १० पुस । एमाले अध्यक्ष केपी ओली एकएक उत्तरी नाका रसुवा पुगेका थिए । आफु्नो कोर टिमलाई साथमा लिएर चिनियाँ नाका रसुवागढी पुगेका थिए । वाम एकताको तयारी भईरहेका बेला ओली चिनियाँ नाका पुगेपछि त्यसलाई निकै महत्वका साथ हेरिएको थियो ।
नेपालमा भारतीय नाकाबन्दी बेला चीनबाट सामान ल्याउन उक्त नाका निकै प्रभावकारी बनेको थियो । त्यस्तै वाम गठबन्धनका अर्का सहयात्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला तराईको नाका पर्साको ठोरी पुगेका छन् । नाकाबन्दीका बेला केरुङ–रसुवागढी नाकाले जस्तै ठोरी नाकाले भारतीय नाकाबन्दीको असर कम गर्न भूमिका खेलेको थियो।
आफूलाई मतदान गरेर विजय गराउने मतदातालाई धन्यवाद दिने घरदैलोको क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार चितवन–३ अन्तर्गतको बाँदरझुला हुँदै सीमा जोडिएको पर्साको ठोरी पुगेका हुन्।
अघिल्लो हप्ता रसुवा पुगेका ओलीले छिट्टै नै चिनिया रेल त्यतैबाट आउने बताएका थिए। ठोरी पुगेर प्रचण्डले पनि त्यही सन्दर्भ झिकेका थिए । ‘चुनावको विजय जुलुसका लागी केपी ओली रसुवा जानुभयो, म यहाँ आएँ’ उनले भने, ‘अब ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भयो।’
पर्सामा परेपनि चितवनको माडीसँग सीमा जोडिएको ठोरी गाउँपालिकाले आफूलाई प्रदेश–२ मा होइन, चितवनसमेत समावेश भएको प्रदेश–३ मा राखिनुपर्ने लविङ गर्दै आएको छ। ठोरीमा पुगेर प्रचण्डले वामगठबन्धनको सरकार बनेपछि ठोरीलाई प्रदेश–३ मा पार्ने प्रतिबद्दता व्यक्त गरेका छन्।
ठोरी गाउँपालिकाले आज विहान आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रचण्डले भने, ‘ठोरीलाई प्रदेश–३ मा राख्ने सहमति भएको हो। तर मधेश आन्दोलनका कारण त्यो सम्भव भएन। अब नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता ठोरीलाई प्रदेश–३ मा पार्ने हुन्छ।’
त्यस अवसरमा उनले ठोरी–केरुङ मार्ग छिट्टै निर्माण गरिने दावी समेत गरे। ‘त्रिदेशीय साझेदारीका लागी यो मार्ग निकै महत्वपूर्ण छ,यो निकै छोटो र उत्कृष्ट मार्ग बन्ने छ’ प्रचण्डले भने, नाकाबन्दीका बेला महत्वपूर्ण भूमिका खेलेको ठोरी नाकालाई व्यवस्थित बनाइनेछ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











