प्रचण्डको बोलीमा नारायणकाजीको ब्रेक, ‘ओली र प्रचण्डबीच आलोपालो गर्ने सम्झौता भएको छैन्’
गोरखा, १० पुस । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको बोलीको खण्डन गरेका छन् । अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता भएको प्रचण्डले बताईरहेका बेला नेता श्रेष्ठले त्यस्तै कुनै सम्झौता नभएको दाबी गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा १ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठले माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता नभएको बताएका हुन् । निर्वाचन परिणाम आएपछि पहिलो पटक गोरखा पुगेका श्रेष्ठले एमाले र माओवादी एकतापछि बन्ने पार्टीको नेतृत्व एकल हुनु हुँदैन भनेर सैद्धान्तिक छलफल भएपनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता नभएको बताए ।
‘आलोपालो नेतृत्व भन्नुको मतलव सधैं एकल नेतृत्व हुँदैन आलोपालो जानुपर्छ भनेर असाध्यै सैद्धान्तिक र नीतिगत कुराकानी भएको हो’, श्रेष्ठले सोमबार गोरखामा भने, ‘त्यसलाई एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता भएको भन्ने अर्थमा बुझ्न हुँदैन।’
अहिले निर्वाचनमा वामगठबन्धनलाई प्राप्त जनादेशभित्र वामआदेश पनि रहेको तर्क गर्दै यसलाई पार्टी एकताको वाम आदेशका रुपमा पनि लिनुपर्ने उनले बताए। ‘त्यसैले पार्टी एकताको घोषणा छिटोभन्दा छिटो गर्ने र एकीकृत पार्टी बन्ने प्रतिवद्धता हाम्रो छ’ श्रेष्ठले भने, ‘सकेसम्म सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकता हुन्छ। किनभने, एकीकृत पार्टीले सरकार संचालन गर्नु सबैभन्दा राम्रो हुन्छ। तर सरकार गठनको संवैधानिक र कानूनी प्रक्रिया पूरा भैसक्दा पनि पार्टी एकताको घोषणाको बिन्दूसम्म पुगिएन भने सरकार गठन गर्न रोक्नु हुँदैन।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











