वामदेवले भाषणमा हावा गफ लाउँदा बर्दियाबाट चुनाव हारेको निष्कर्ष, यस्ता छन् अन्य कारण
बर्दिया, १० पुस । बर्दिया १ बाट पराजित भएका एमाले उपाध्यक्ष वामदेव गौतमको हार्नुको विभिन्न कारणहरु खुल्न थालेका छन् । वामपन्थी गठबन्धनका सूत्रधार एमाले उपाध्यक्ष गौतम हार्नुको विभिन्न कारणहरु खुल्न आएका हुन् । वामदेवकै कारण निर्वाचनमा पराजित भएको छानविन कमिटीहरुले प्रारम्भिक निष्कर्ष निकालेका छन् । पार्टी स्थायी कमिटी बैठकको एजेण्डा बनिसकेको गौतमको पराजयमा अन्तरघात पनि सहायक कारण बनेको छ ।
गौतमको पराजयलगत्तै ५ नम्बर प्रदेश संयोजक बिष्णु पौडेलले केन्द्रीय सदस्य बैजनाथ चौधरीको संयोजकत्वमा छानविन समिति गठन गरेका थिए । त्यस्तै जिल्लामा अध्यक्ष हरि ज्ञवालीको संयोजकत्वमा अलग्गै समिति गठन भएको थियो । दुवै छानविन समितिले बुझाएको प्रारम्भिक रिपोर्टमा अन्तरघात सहायक कारण र वामदेव नै
प्रमुख कारण देखिएका छन् ।
चुनावपछि पहिलोपटक शुक्रवार बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले आफूलाई हराउन बर्दिया १ का निवर्तमान सांसद श्याम ढकालसहित ८/९ जना नेताहरुको हात रहेको भन्दै अन्तरघातीको सूची बुझाएका थिए । गौतमले आफूलाई हराउन केन्द्रीय सदस्य सूर्य थापा पनि लागेको मौखिक आरोप लगाएका थिए ।
गौतमको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित भन्दै यसको कारण खोज्न ५ नम्बर संयोजक बिष्णु पौडेललाई आग्रह गरेपछि छानविन अघि बढेको हो । बैजनाथ चौधरीले संयोजक पौडेललाई बुझाएको प्रारम्भिक रिपोर्टमा केही नेताले अन्तर्घात गरेको तर अन्तरघातकै कारण मात्र वामदेव पराजित नभएको उल्लेख गरिएको छ ।
२०४८ सालदेखि चुनाव जिते तर सिन्को समेत भाँचेनन्ः
०४८ सालदेखि लगातार बर्दिया १ बाट चुनाव लडेका र तीनपटक जितेका गौतमले केही काम नगरेको भन्दै जनतामा व्यापक असन्तुष्टि थियो । तीनपटक उपप्रधानमन्त्री र गृहमन्त्री हुँदा कसैले जागिर नपाएकोदेखि विकास निर्माणका काम नभएको र वामदेवसँग जनताले भेट्नै नपाउने गरेको गुनासो कार्यकर्तामा व्यापक भेटियो ।
यसैवीच ०७० को चुनावमा प्युठान र बर्दिया दुवै ठाउँबाट जितेपछि गौतमले प्युठानलाई रोज्दै अब म बर्दिया फर्किन्न भनेर सो क्षेत्र छाडेका थिए । गौतमले छाडेको सो क्षेत्रमा उपचुनावमा एमालेका श्याम ढकालले जितेका थिए । तर, यसपटक गौतम पुनः चुनाव लड्न प्युठान छाडेर बर्दिया नै गएपछि त्यहाँ धेरै समस्या देखियो । मान्छेले उनका भाषण र आश्वासन पटक्कै रुचाएनन् ।
‘गलगाँड’ को मस्ति, स्थानीय नेतालाई सास्तीः
वामदेवले बर्दिया १ बाट उम्मेदवारी मनोनयन गरेपछि पार्टी पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज गौरा प्रसाई कोइराला र अध्यक्ष हरि ज्ञवालीले निर्वाचन परिचालन कमिटी गठनको प्रस्ताव राखेका थिए । तर, गौतमको परिचालन कमिटी काठमाडौंबाटै गठन भएर आयो ।
एमालेभित्र केशवलाल श्रेष्ठ, हरि पराजुली, डीबी कार्की, शारदा सुवेदी, बलराम बास्कोटालगायतको एउटा टीम छ, जसलाई वामदेव गौतमका दुःख भन्ने गरिन्छ । उनीहरुलाई कतिपय एमाले नेताहरुले ‘वामदेवका गलगाँड’ भन्छन् । एक नेताका अनुसार कुनै पनि जनमत नभएका, विभिन्न काण्डमा बद्नामी कमाएका र पार्टीभित्र तथा बाहिर कुनै पकड नभएका व्यक्तिहरु नै वामदेवको किचन क्याबिनेटमा छन् ।
यसपटक बर्दियामा पनि वामदेवको चुनाव हाँक्ने हाइकमाण्ड यिनैले सम्हाले । जिल्ला इञ्चार्ज गौरा प्रसाईलाई आन्तरिक बैठकमा समेत बोलाइएन । जिल्ला अध्यक्ष ज्ञवालीलाई गुलरिया नगरको चुनाव परिचालन संयोजकमा सीमित गरियो । र, कृषि मन्त्री हुँदा रोपाहार महिलालाई हात हालेका कारण राजीनामा दिन बाध्य भएका हरि पराजुलीदेखि जोगीसँग मिलेर अनेक काण्डमा मुछिएका डीबी कार्यहरु वामदेवका सारथी बने ।
छानविन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा वामदेव पराजयको मुख्य कारण यही ‘रेडिमेट हाइकमाण्ड’ लाई देखाइएको छ । यो हाइकमाण्डले जिल्लाका नेता-कार्यकर्तालाई भूमिका नदिने र वामदेवलाई २८ हजार मतान्तरले जितिन्छ भन्दै ढुक्क पार्ने काम गरेको छानविन समितिले जनाएको छ ।
चुनावी भाषणमा अट्याच बाथरुमसहितको पक्की घरले डुबायोः
चुनावी भाषण गर्ने क्रममा उत्तेजित हुने र ब्रहृमाण्डमै बहुदलीय जनवाद लागू गर्छौं भन्न पछि नपर्ने वामदेवलाई आफ्नै भाषणले पनि डुबाएको पाइएको छ । गौतमले चुनावका क्रममा हरेकलाई अट्याच बाथरुमसहितको पक्की घर र एक घरमा दुई रोजगारी अनि जग्गा सरकारीकरण गरेर घर-घरमा भकारी भरी धान दिने बताएका थिए ।
वामदेवको यो भाषण यति हावादारी सावित भयो कि मान्छेले वामदेवलाई नचिनेका थिएनन् । २५ वर्षदेखि यहीँबाट राजनीति गरेर पनि केही नगरेको आरोप लागेका वामदेवले प्रधानमन्त्री बनेर यसो गर्छुभन्दा कसैले पत्याएनन् । उल्टै हाम्रो जग्गा सरकारीकरण गर्ने भयो भनेर कांग्रेसले प्रचार गरे । र, उनलाई आफ्नै भाषणले डुबायो ।
जिल्ला कमिटीसम्मका १ दर्जनलाई कारवाही सिफारिसः
छानविन समितिले जिल्ला कमिटी सदस्यसम्मका करिव एक दर्जन नेताहरुलाई कारवाहीको सिफारिस गरेको छ । अन्तरघातमा केन्द्रका सूर्य थापा, ईश्वर पोखरेलको समेत भूमिका रहेको वामदेव पक्षका नेताहरुले बताउने गरे पनि छानविन समितिले तल्लो कमिटीका कार्यकर्ताको मात्रै कमजोरी औंल्याएको छ ।
पुनः छानविन गर्नुपर्नेः
पार्टीका एक नेताले उक्त प्रतिवेदन केन्द्रमा समेत पठाइएको र पुनः छानविन गर्नुपर्ने भनि काम थपिएको जानकारी दिए। संयोजक चौधरीले यसै साताबाट पराजयको कारण पत्ता लगाउन पुन काम थालिने र त्यसका लागि बर्दिया आउने जानकारी दिए। ‘छानविन सकिएन। आन्तरिक र बाहिरी अन्तरघात भएको वा के कारणले हार भएको बारे पुरै निष्कर्ष निकाल्ने छौं,’ संयोजक चौधरीले बताए।
श्रीमतीलाई समानुपातिकमा पार्दा आफू भूईमा पछारिएः
वामदेव हार्नुको अर्को कारण आफ्नै श्रीमती पनि देखिएकी छन् । बामदेवले श्रीमती तुलसालाई समानुपातिक उम्मेदवार बनाउँदा हारको कारक बनेको समितिको निष्कर्ष छ । ‘जिल्लाका भन्दा बाहिरी नेतालाई ल्याएर परिचालनमा जिम्मेवारी दिनु परिवारवाद लाद्न खोज्नु, आफू अन्तिमपटक उक्त क्षेत्रमा उठ्न आएको र अर्को पटक छोरा हरिश उठ्ने भनी प्रचार गरिनु, श्रीमती तुलसालाई समानुपातिक उम्मेदवार बनाउनुजस्ता कारण पनि देखिएका छन्,’ समितिका एक सदस्यले भने ।
चुनाव प्रचारमा भारतीय गाडी गुडाउँदा जनाले वामदेवलाई उडाएः
चुनावका बेला गौतमको क्षेत्रमा भारतीय नम्बर प्लेटका गाडी परिचालन हुँदा जनताले रोष प्रकट गरेको विषय समेत छानविनको दायरामा परेको छ। वामपन्थीको गढ मानिएको यस क्षेत्रमा एमाले उपाध्यक्ष गौतमको पराजयलाई पार्टीले गम्भीर रुपमा लिएको छ।
कांग्रेसका जिल्ला सभापति एंव सिँचाई मन्त्री सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतको अन्तरालले उपाध्यक्ष गौतम पराजित भएका थिए। मतपरिणाम अनुसार कांग्रेसका गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गरेका थिए। एमालेका गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका हुन।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











