लोकसेवामा समावेशी समूहका व्यक्ति आरक्षित कोटाभन्दा खुलाबाट नाम निकाल्न सफल
काठमाडौं, १० पुस । निजामती सेवामा समावेशी क्षेत्रका व्यक्तिले आरक्षित कोटाबाट भन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको पाइएको छ। लोकसेवा आयोगबाट लिइने परीक्षामा उनीहरुले आफ्नो आरक्षित कोटाभन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको पाइएको हो।
आर्थिक वर्षमा २०७३/७४ मा पिछडिएका, मधेशी, आदिवासी जनजाति र महिलाले आफ्नो आरक्षित कोटाभन्दा खुला र अन्य समूहबाट नाम निकाल्न सफल भएको आयोगका उपसचिव देवीप्रसाद सुवेदीले जानकारी दिए।
उनका अनुसार आयोगले लिएको परीक्षामा पिछडिएका क्षेत्रका ७०३ जनाले विभिन्न पदमा सफलता प्राप्त गरेकामा आरक्षित कोटा १४२ तथा खुला र अन्य समूहबाट ६५१ जनाले सफलता प्राप्त गरेका छन्।
यसैगरी एक हजार ८४० मधेशीले आयोगबाट विभिन्न पदमा सिफारिस भएकामा आफ्नो आरक्षितबाट ९०१ तथा खुला र अन्यबाट ९३९ जना, आदिवासी जनजाति दुई हजार २८८ जना सिफारिश भएकामा आफ्नो समावेशी समूहबाट एक हजार २६ र अन्य समूहबाट एक हजार २६२ तथा चार हजार १५१ महिलाले आयोगबाट विभिन्न पदमा सिफारिश भएकामा एक हजार ३८३ जना समावेशी समूह र दुई हजार ७६८ सिफारिश भएको छन्।
यसैगरी अपाङ्गतर्फका २९७ सिफारिश भएको १८९ आरक्षित कोटामा र १०८ खुला कोटामा तथा दलित ५५५ कोटा सिफारिश भएकामा ३८५ जनामा आरक्षण कोटामा र १९७ आरक्षण कोटामा सिफारिश भएका छन् ।रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












