वाम एकता तोड्न र मधेशवादी दललाई सरकार सहभागी गराउँन दबाद दिँदै ‘रअ’ का प्रमुख नेपालमा
काठमाडौं, ११ पुस । बामगठबन्धनभित्र केही मतभेदहरु शृजना भइरहेका बेला भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सुटुक्क नेपाल आएको खुल्न आएको छ । नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्दै आएको भारतीय गुप्तचर संस्था ‘रअ’ ले नयाँ सरकार गठन र वाम एकता गठनको पूर्व तयारीमा रहेको बेला पाँच दलका शिर्ष नेताहरुसँग गोप्य भेट भएको हो ।
एक साताअघि नेपाल आएका ‘रअ’ प्रमुख अनिल धसमानाले राष्ट्रिय मान्यता पाएका पाँच दलका शिर्ष नेताहरुसँग गोप्य भेटघाट गरेका हुन् । नेपालका लागि भारतीय राजदूत मञ्जिव पुरी दिल्ली पुगेकै दिन अनिल नेपाल छिरेका थिए । उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारी निवास बालुवाटारमा तीन पटक भेट गरिसकेका छन् भने गत बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवासमा भेट गरेका छन् ।
ओलीपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका खुल्न आएको हो । शिर्ष दलका शिर्ष नेतालाई भेटिसकेपछि रअ प्रमुखले एमाले र मधेस केन्द्रीत दलका नेताहरुसँग सामुहिक र छुट्टा–छुट्टै भेट गरेको स्रोतले जनाएको छ ।
एमाले पार्टीका प्रभावशाली नेताहरुसँग उनले भेटघाट गरिरहेका छन् । भेटको उदेश्य एमाले माओवादीबीच हुन लागेको पार्टीका एकताका बिपक्षमा रहेको छ । एमाले र माओवादीबीच पार्टी एकता हुन नदिन रअ प्रमुखले एमालेकै प्रभावशाली नेताहरुलाई भेटिरहेका छन् । सरकारमा माओवादीलाई नभई मधेस केन्द्रीत दललाई सहभागि गराउन उनले जोड दिइरहेका छन् ।
तीन दिनअघि संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष ओलीबीच भेटघाट भएको थियो । भेटको साइत पनि रअ प्रमुखसँग रहेका एमालेका नेताहरुले गराएको स्रोतले बताएको छ । मधेस केन्द्रीत दललाई सरकारमा ल्याउने र माओवादीलाई सरकार बाहिर राखे गठबन्धन पूर्णरुपमा टुट्ने उनीहरुको बिश्वास छ ।
रअ प्रमुखको सल्लाहमै एमालेका केही नेताले फोरमलाई सरकारमा ल्याउने कोशिस गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थाहा नै नदिन केही नेताले फोरमलाई सरकारमा आउन आग्रह गरेका थिए । फोरमलाई सरकारमा ल्याउन र माओवादीलाई बाहिर राख्न एमाले केही नेताले चाल चलेको माओवादी केन्द्रका अध्यक्ष दाहालले आइतवार चितवनमा सार्वजनिक गरेका छन् ।
उनै रअ प्रमुखको सल्लाहमा कांग्रेस सभापति देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई पाँच बर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले बताएको छ । प्रचण्डसँग भेट गर्दा रअ प्रमुख अनिलले पाँच बर्ष प्रधानमन्त्री बन्ने अबसर आएको बताएका थिए । तर प्रचण्डले देउवा र रअ प्रमुखको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । एमाले र माओवादीबीचको एकता टुटाउन कांग्रेस र भारतीय रअ प्रमुख लागेपनि दुई अध्यक्ष भने पार्टी एकताका पक्षमा दृढ रहेका छन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











