रोल्पाली महिला, गर्भवती र सुत्केरी अवस्थामा पनि कडा श्रम गर्न बाध्य
उमा केसी रोल्पा, ११ पुस । रोल्पा खुमेलकी सुमित्रा विक सदरकुमाम लिवाङमा गाडीबाट सामान लोड अनलोडको काम गर्छिन् । ३२ वर्षीया विकले केही वर्षयता सोही कामलाई निरन्तरता दिइरहेकी छिन् । तीन छोरीकी आमा विकको कमाइबाट घर खर्च चलेको छ भने दुई छोरीले विद्यालयमा पढिरहेका छन् । उनका श्रीमान्ले पनि लिवाङमै ज्यालामजदुरी गर्छन् । गाडीबाट सामान लोड अनलोडबाट सुमित्राको मासिक कमाइ रु १५ हजार पुग्ने गर्दछ ।
सदरमुकाममा रहेको उच्च माध्यमिक विद्यालयकी विद्यार्थी हुन दिलसरा डाँगी । हाल शिक्षा विषय लिएर कक्षा १२ पढ्दै गरेकी डाँगी बिहानी कक्षा लिएर दिउँसो गाडी लोन अनलोड गर्न जान्छिन् । पढ्नका लागि गाउँबाट सदरमुकाम आएकी दिलसराको आर्थिक अवस्था कमजोर रहेकाले दिउँसोको समय मजदुरी गर्न बाध्य छिन् । गाडी लोड अनलोडबाट रु १०÷१५ हजार मासिक कमाइ गर्दै आएकी दिलसराले खर्च गरेर बचेको पैसा घर पठाउने गर्छिन् ।
बिहान विद्यालय गएर अध्ययन गरेपनि दिनभर मजदुरीमा जानुपर्ने बाध्यताले उनको पढाइलाई समेत असर गरिरहेको छ । भारत गएका श्रीमान् लामो समयसम्म फर्केर नआएपछि उषा परियारलाई चार छोराछोरीको पालनपोषणका लागि ज्याला मजदुरी नगरी सुखै भएन ।
श्रीमान्को कमाइले छोराछोरी पाल्ने सपना देखेकी उषाले भारत पुगेका श्रीमान्ले पैसा पठाउनु त कहाँ हो कहाँ, श्रीमान् नै बेखबर भएपछि साना छोराछोरी बोकेर लिवाङ आउनुको विकल्प भएन । अचेल छोराछोरी विद्यालय पढाइरहेकी उषाले गाडी लोड अनलोड गरेर कमाएको पैसाले जेनतेन घर व्यवहार चलेको छ । उषाको मासिक कमाइ रु १५ हजारभन्दा बढी नै हुने गर्दछ ।
सुमित्रा, दिलसरा र उषा रोल्पाली श्रमिक महिलाका प्रतिनिधि पात्र हुन् । भवन निर्माण, सडक निर्माण, पुल निर्माणजस्ता कार्यमा मात्र हैन गाडीमा लोड अनलोड गर्ने काममा समेत महिलामात्रै देखिन थालेका छन् ।
कडा शारीरिक श्रम गर्ने ठाउँमा महिलाको उपस्थिति बढ्दै गएको देखिएको छ । यसको मुख्य कारण पुरुषको विदेश पलायन भएको नेपाल निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्री बताए । पुरुष जति वैदेशिक रोजगारीमा जाने भएकाले महिला ज्याला मजदुरीका लागि बाध्य भएका छन्, खत्रीले भने ।
विदेश गएका आफन्तको समेत राम्रो कमाइ नहुँदा रोजीरोटीका लागि महिला गह्रौँ शारीरिक श्रम गर्न बाध्य छन्, खत्रीले भने । पुरुषको तुलनामा महिलाले इमान्दारिताका साथ काम गर्ने भएकाले पनि निर्माण कार्यमा महिलाले प्राथमिकता पाउन थालेको खत्रीको बुझाइ छ ।
जिल्लामा अधिकांश महिलाले अदक्ष र जोखिमपूर्ण काम गर्ने भएकाले उनीहरुको शारीरिक सुरक्षा मुख्य चुनौतीका रुपमा देखिएको खत्रीले बुझाइ छ । विदेश गएका श्रीमान्को राम्रो कमाइ नहुने तथा कमाइ भए पनि घरमा पैसा नपठाउने समस्या रहेकाले रोल्पाली महिला कडा शारीरिक श्रमयुक्त काम गर्न बाध्य भएको महिला अधिकारकर्मी तीर्था आचार्यको बुझाइ छ ।
महिनावारी, गर्भवती र सुत्केरी अवस्थामा महिलाको शरीर निकै कमजोर हुने भए पनि रोल्पाका श्रमिक महिलाले त्यस्तो अवस्थामा समेत काम गर्न बाध्य भएको आचार्यको भनाइ छ । कडा शारीरिक श्रम गर्ने महिलाले पोषणयुक्त खानाको त के कुरा समयमै र पेटभरि खानसमेत पाउँदैनन् आचार्यले भने ।
कडा शारीरिक श्रम गरी परिवार पाल्न बाध्य त्यस्ता महिलाका लागि सिपमूलक तालीमको व्यवस्था गर्नुपर्ने आचार्यको भनाइ छ । दैनिक १९ जना रोल्पाली रोजगारीका लागि खाडी जाने गर्दछन् ।
स्वदेशमा भरपर्दो राजगारी नपाएका कारण विदेशिने त्यस्ता रोल्पालीमध्ये ८० प्रतिशत बढी २० देखि ४० वर्ष उमेर समूहका छन् । श्रमयुक्त जनशक्ति विदेसीएसँगै रोल्पाका अधिकांश घरमा महिला बालबालिका र वृद्धवृद्धा मात्रै देखिने गर्दछन् ।
अदक्ष कामदारको रुपमा अधिकांश रोल्पाली विदेश जाने गरेका छन् । समयमा तलब नपाउने, तलब कम पाउने, समय समयमा बिरामी भइरहने समस्यासमेत रहेको बताइन्छ । पुरुष विदेश गएसँगै खेतबारी खनजोतको कामसमेत महिला र वृद्धवृद्धाले गर्नुपर्ने भार थपिएको छ । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












