रानीपोखरी विवाद झन चर्कियोः उपमेयरले बिहान ताला लगाए, मेयरले दिउँसो फोडे
काठमाडौं, ११ पुस । मंगलबार बिहान काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले रानीपोखरीको गेटमा लगाएकी ताला दिउँसो मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् । बिहान रानीपोखरी अवलोकनको क्रममा रानीपोखरी पुगेकी उपमेयर खड्गीले ‘पुरातत्वको स्वीकृति विना बनेको रहेछ’ भन्दै ताला लगाएकी थिईन् । तर दिउँसो मेयर शाक्यले नगर प्रहरीको सहयोगमा ताला तोडेका हुन् ।
यो संगै रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौंका मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको छ ।मौलिक स्वरुप समाप्त गरेर रानीपोखरीको पुनर्निर्माण भैरहेको भन्दै उपमेयरसँगै संरक्षणकर्मी पनि ताला लगाउन रानीपोखरी पुगेका थिए ।
ताला तोडेपछि मेयर शाक्यले रानीपोखरीमा यसबारेमा स्थानीयबासीसँग छलफल गरेका छन् । भूकम्पले भत्काएको रानीपोखरी पुनर्निर्माणको क्रममा कंक्रिट प्रयोग भएकोमा आलोचना भइरहेको छ । मेयर शाक्यले भने ईन्जिनियरको प्रतिवेदन अनुसार नै कंक्रिट प्रयोग भएको बताएका छन् । उनले भने, ‘ईन्जिनियरको रिपोर्टमा पानी रोक्न कंक्रिट प्रयोग गर्नुपर्ने देखिएको छ, त्यही भएर पानी रोक्न कंक्रिय प्रयोग भएको हो ।’

तर उपमेयर खड्गी भने कंक्रिट प्रयोग नभई पुर्नःनिर्माण हुनुपर्नेमा जोड दिईन् । ‘मैले ताला लगाएको हैन, म त्यहाँ पुगेर अवलोकन गरेको हुँ, म फर्किएपछि मेयरसावले त्यहाँ जाउँ भन्नुभएको थियो मैले गएर आइसकेँ भने,’ खड्गीले भनिन्, ‘मैले मान्छेहरुको ठूलो भीड भने त्यहाँ जम्मा भएको देखेको थिएँ ।’
उनले रानीपोखरीजस्तो सम्पदामा क्रंक्रिट प्रयोग गर्न नहुने दोहोर्याइन् । त्यहाँ क्रंक्रिट प्रयोग गर्न पुरातत्व विभागले स्वीकृति दिएको भनिएकाले त्यस विषयमा पुनर्विचार गर्न आवश्यक रहेको उनको भनाइ छ ।
http://news-nepal.com/716672/
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











