गाडीको भाडा बढाउन यातायात व्यवसायीको सरकारलाई दबाव
काठमाडौं, ११ पुस । सार्वजनिक यातायातको भाँडा बढाउन व्यवसायीहरु सक्रिय हुन थालेका छन् । यातायात व्यवसायीले सवारीको भाडा बढाउन सरकारलाई दबाव दिन थालेका हुन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजन नगरी अन्य कुनै सरकारी निति नियमका कुराहरु सुन्न आफुहरु तयार नभएको बताएका छन् ।
सरकारले सार्बजनिक यातायातमा बालश्रम रोक्नपर्ने तथा गाडीमा बजाईने गीतमा संगीतकारलाई बार्षीक रोयल्टी बुझाउनुपर्ने आदि बारे छलफलका लागी डाकिएको बैठकमा सिटौलाले शुरुमै भाडादर समायोजन बाहेकका कुराहरु सुन्न आफुहरु तयार नभएको आक्रोश ब्यक्त गरे ।
मंगलबार यातायात व्यवस्था विभागमा सार्वजनिक सवारीमा बालश्रमिक प्रयोग रोक्नेबारे भएको छलफल कार्यक्रममा पुगेका महासचिव सरोज सिटौलाले भाडा नबढेसम्म सरकारले आयोजना गर्ने सबै कार्यक्रम र बैठक बहिस्कार गर्ने बताउँदै बैठकस्थलबाट निस्किए ।
व्यवसायीले सार्वजनिक यातायातमा कन्डक्टरका रुपमा रहेका बाल श्रमिक हटाउनेजस्तो महत्वपूर्णमा मुद्दालाई भाडा बढाउने अडानमा लगेर बार्गेनिङ थालेका छन् । काठमाडौंमा झण्डै ४ सय बालश्रमिकहरु सार्वजनिक सवारीमा काम गरिरहेको तथ्यांक सरकारसँग छ ।
सिटौला निस्किएपछि विभागमा महानिर्देशक रुपनारायण भट्टराईले यायातयात क्षेत्रमा सचेतनाको अभियानले काम नगर्ने भन्दै बालश्रमिक राख्ने व्यवसायीलाई ‘डण्डा’ नै चलाउनुपर्ने बताए । उनले व्यवसायीले आफ्नो नाफा हुने पक्षमा मात्रै बोल्ने भन्दै सरकारले आफ्नो काननु पालना गराउने दायित्व बमोजिम काम गर्नुर्पे बताए । भाडा समायोजनको अडान राख्दै व्यवसायीले सरकारलाई झुकाउन खोजेको टिप्पणी पनि गरे । यस अघि २०७२ को माघमा भाडा समायोजन गरीएको थियो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












