संविधान, विधि र प्रक्रियाबाटै सहमति खोज्न कानूनविद्को सुझाव
काठमाडौँ, ११ पुस । विधि र प्रक्रियाका आधारमा असल संस्कार स्थापित गर्दै विद्यमान राजनीतिक र संवैधानिक अड्चनको निकास खोज्न सरकार र प्रमुख राजनीतिक दललाई सुझाव दिइएको छ । संघीय व्यवस्थापिका–संसद्द्वारा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले उक्त सुझाव दिएका हुन् ।
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचनको नतिजा जे जस्तो आए पनि शान्ति प्रक्रिया टुङ्गोमा पुगिनसकेको र संविधान कार्यान्वयनकै चरणमा रहेको अवस्थामा प्रमुख दलहरुबीच सहमति कायम गरेर अघि बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “दलहरुबीच सहमति हुन सकेन भने संविधान कार्यान्वयनमा बाधा उत्पन्न हुन सक्छ, त्यसो हुन दिनुहुन्न, संविधान कार्यान्वयनमा अघि बढ्दा संविधान, विधि र प्रक्रियाबाट सहमति खाजिनुपर्छ ।”
वरिष्ठ अधिवक्ता रामनारायण बिँडारीले मुलुकमा देखिएको राजनीतिक र संवैधानिक संकटको निकासका लागि राष्ट्रपतिबाट राष्ट्रियसभासम्बन्धी विधेयक स्वीकृत र प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन भनेको स्विच थिच्नेबित्तिक्कै बत्ती पिलिक्क बलेजस्तो विषय नभई चरणबद्धरुपमा हुने प्रक्रिया हो, नयाँ अभ्यास गर्दा अलमलमा पर्नु स्वाभाविक कुरा हो, राष्ट्रपतिले विधेयक अड्काउनुहुँदैन, प्रधानमन्त्रीले पनि मार्ग प्रशस्त गर्नुपर्छ ।
अधिवक्ता रेवतीरमण भण्डारीले मुलुकको अहिलेको सन्दर्भ र चुनौती भनेको संविधान कार्यान्वयन नै भएकाले राष्ट्रियसभाको विषयलाई विवादको घेरामा ल्याएर मुख्य एजेण्डालाई ओझेलमा पार्ने काम कुनै पक्षबाट पनि हुनुहुन्न भन्नुभयो । उहाँले भन्नुभयो, “असल संस्कार र शैली स्थापित गरेर अघि बढ्नुपर्छ, विधि र प्रक्रियाका आधारमा चुनौतीलाई निकास दिनुपर्छ ।
व्यवस्थापिका–ससद् सचिवालयका सचिव हिमलाल सुवेदीले मुलुकका विकराल समस्यालाई अत्यन्त सुझबुझका साथ सहजरुपमा अवतरण गराउन सफल नेपालका राजनीतिक दलले अहिले देखिएका सामान्य प्रक्रियागत अड्चनलाई केहीदिनभित्रै टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा पत्रकार हरिबहादुर थापाले ‘निष्कर्षतिर राजनीतिक संक्रमण र शान्ति प्रक्रिया’ विषयक कार्यपत्र प्रस्तुत गर्दै संघ, प्रदेश र स्थानीय तहको खर्च व्यवस्थापन प्रणाली चुस्त बनाउन, सानो आकारको मन्त्रिमण्डल गठन गर्न, जथाभावी स्रोत छर्ने प्रवृत्ति रोक्न, मितव्ययी प्रशासन बनाउन, अनुत्पादक कार्यक्रम रोक्न तथा दोहोरो करको व्यवस्था अन्त्य गर्न सुझाव दिनुभयो ।
संसद् सचिवालयका सहसचिव धु्रव घिमिरेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्यले विगतमा राजनीतिक दलहरु सरकार बनाउने र गिराउने खेलमा लाग्नाले शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको विषय प्रभावित भएको टिप्पणी गर्नुभयो । रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











