यसरी तयार भयो एमाले माओवादी पार्टी एकताको मोडालिटी, ओली र प्रचण्डले पाए यस्तो जिम्मेवारी
काठमाडौं, १३ पुस । पार्टी एकता र नयाँ सरकारका विषयमा छलफल गर्न वाम एकता संयोजन समितिको बैठक बस्दैछ । हिजो दुई दलका अध्यक्षबीच भएको छलफलका आधारमा आज बैठक बस्न लागेको हो । एमाले र माओवादी केन्द्रले पार्टी एकताको संगठनात्मक र वैचारिक राजनीतिक मोडालिडीको विषयमा छलफल हुनेछ ।
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो ओलीनिवास बालकोटमा छलफल भएको थियो । आज बस्ने एकता संयोजन समिति बैठकमा पार्टी एकताको मोडालिटीका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । साथै बैठकमा नयाँ सरकार गठनका विषयमा पनि छलफल हुनेछ । बैठक आज बस्ने बताईएपनि समय र स्थान भने निश्चित भईसकेको छैन् ।
दुईदलबीच पार्टी एकता, त्यसपछिको नेतृत्व व्यवस्थापन र सरकारको विषयमा भने मिश्रित खाकामा छलफल चलेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । दोस्रो तहका नेताबीच पनि पार्टी एकताको सैद्धान्तिक राजनीतिक आधारमा केन्द्रित छलफल भइरहेको छ । पार्टी एकता गर्नुअघि नेताहरूको पदीय व्यवस्थापन सरकारमा भागबन्डालगायतका विषय टुंग्याउन बाँकी छ ।
ओलीलाई नै प्रधानमन्त्री बनाउन माओवादी सहमत छ । तर, पार्टी एकतापछि सरकार र पार्टीको नेतृत्व अलग–अलग व्यक्तिले गर्ने वा के गर्ने विषयमा भन्ने नेताहरू निष्कर्षमा पुगेका छैनन्। राष्ट्रपति, पार्टी अध्यक्ष सभामुख, मन्त्रालयको भागबन्डालगायत विषय नेताहरूले टुंगाउन बाँकी छ ।
पार्टीमा दुवै प्रमुखको हैसियतमा रहने गरी एकता गर्ने मोडालिटी तयार भईरहेको छ । ओलीले सरकारको नेतृत्व गर्दा दुवै अध्यक्ष रहने तर प्रचण्डले एकीकृत पार्टीको कार्यकारी भूमिका निर्वह गर्ने गरी व्यवस्थापन गरिन् लागेको एक नेताले जानकारी दिए । तल्लो तहमा भने जनमतका आधारा एकता गर्ने गरी खाँका तयार भईरहेको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले पाएको जनमतको आधारमा दुई पार्टीबीच एकता गर्नेगरी तयारी भईरहेको हो ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











