बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुइ टाउकोसहितको अनौठो बच्चा जन्मियो
धरान, १३ पुस । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले अनौठो बच्चालाई जन्म दिएकी छन् । प्रतिष्ठानको स्त्री तथा प्रसूती विभागमा इनरुवा–८ बस्ने चन्द्रनारायण मण्डलका श्रीमती सोनम मण्डलले छोरीका रुपमा चार हात, दुइ टाउको र दुइ खुट्टा भएको शिशुको जन्म दिएकी हुन् ।
प्रसूतीका लागि जटिल अवस्था आएपछि तत्कालै पेट चिरेर शल्यक्रिया गर्दा चार हात, दुइ टाउको र दुइ खुट्टा भएको बच्चा निकालिएको प्रतिष्ठानका डा. सूर्यप्रसाद रिमालले जानकारी दिए । अनौठो बच्चा जन्मिएपछि शल्यक्रियामा सम्लग्न चिकित्सक र नर्सहरु समेत छक्क परेका थिए।
छोरीका रुपमा शिशुको पेट र छाती टाँसिएको तर चार हात, दुइ टाउको, दुइ खुट्टा र एउटै यौनाङ्ग भएको शिशु जन्मेको हो। उक्त नवजात शिशु स्वासप्रस्वासको समस्याले जन्मेको २४ घण्टापछि मृत्यु भएको चिकित्सक रिमालले जानकारी दिए ।
अनौठो नवजात शिशुको जन्म भए पनि दुर्इ टाउकोमध्ये एक टाउकोले स्वासप्रस्वासमा समस्या देखिएको थियो। डा. रिमालले भने, ‘बच्चा त निकालियो तर रुन र स्वासप्रस्वासमा समस्या देखियो। हामीले मण्डल दम्पतीलाई बच्चाको स्वासप्रस्वासलाई सहज बनाउन मुखमा नली लगाउनुपर्छ भन्दा मानेनन्। घर लान्छौं, डिस्चार्ज देउ भन्न थाले।’उनका अनुसार प्रसूतीमा यस्तो केस विरलै हुन्छ।
कसरी यस्तो अनौठो बच्चा गर्भमा बन्छ भन्ने प्रश्नको जिज्ञासामा उनले भने, ‘गर्भवती हुँदा पुरुषको शुक्रकिट र महिलाको अण्डा मिलेर जाइगोट बन्छ। त्यसरी बनेको नर्मल जाइगोटबाट भ्रुण बनेर बच्चाको विकास हुन्छ। तर, कहिलेकाहीं विरलै अवस्थामा छुट्दा जुम्ल्याहा हुन्छन्। र, जाइगोट बनेको १३ दिन पछाडि छुट्यो भने टासिन पुग्छन्। यो त्यही जाइगोट टाँसिएर नछुटे पनि बनेको बच्चा हो।’
मण्डल दम्पतीले यसअघि इटहरीको एक क्लिनिकामा चार पटकभन्दा बढी भिडियो एक्सरे गरेर गर्भ जाँच गरेका थिए। तर, त्यहाँको चिकित्सकले यस्तो असामान्य बच्चा छ भनेर कहिलै जानकारी नदिएको बरु गर्भमा बच्चा राम्रो अवस्थामा छ भनेर जानकारी दिएको प्रतिष्ठानकी एक नर्सले बताइन्। लिङ्ग समेत छुट्याउन सकिने भिडियो एक्सरेबाट सामान्यतया विकसित भ्रुणको कस्तो अवस्थामा छ भनेर थाहा पाउन सकिन्छ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











