हर्मोनलाई यौनमा स्खलित गर्ने कि कलामा ? योगी विकासानन्दको विश्लेषण
काठमाडौं । यौन प्राकृतिक आवश्यक्ता हो, जो महिला र पुरुष दुबैमा हुन्छ । जब यौन चाहाना जाग्छ, महिलाहरुमा कजेस्टोरेन र पुरुषहरुमा टेस्टोटेरेन नामक हर्मोन स्राव हुन्छ । यी दुबै हर्मोनले यौनमा उत्तेजना ल्याउँछ । साथसाथै अर्को वैज्ञानिक तथ्य के पनि छ भने, यी हर्मोनले हाम्रो जीवनलाई सक्रिय र रचनात्मक बनाउन सहयोग गर्छ ।
यसको अर्थ हो, यौन जोडीलाई यी हर्मोनहरुले एक अर्कामा प्रेम गर्न र शारीरिक-मानसिक आनन्दका लागि उक्साउने काम गर्छन् । अन्य अवस्थामा कुनै न कुनै कामलाई सिर्जनात्मक रुपमा अघि बढाउन मद्दत गर्छन् ।
यौनः मनोरञ्जन र सिर्जना
यौन मनोरञ्जनको साधन हो । प्रेम प्रकटिकरण गर्ने अवस्था पनि र यौन सिर्जनाको श्रोत पनि हो । धरहरा बनाउने चाहाना र सन्तान उत्पादन गर्ने चाहानाका बीचमा खासै तात्विक अन्तर छैन । जसले धरहरा बनाए, उनीहरुमा र जसले सन्तान मात्र जन्माए, अरु केही गर्न सकेनन्, उनीहरुमा पनि एकै प्रकारको सिर्जनात्मक हर्मन थिए ।
सक्नेले ताज महल बनाएर पनि सन्तुष्ट हुन सकेनन् नसक्नेले सन्तान जन्माएर पनि सन्तुष्ट भए । तर केही गर्न उक्साउनु र ती सिर्जना भैसकेपछि आनन्दको महसुस हुनु यिनै हर्मोनको काम हुन् ।
यौनभन्दा माथि के छ ?
महिला र पुरुषमा हुने यि सिर्जनात्मक हार्मोनहरुबाट कला, विज्ञान र अध्यात्मको जन्म हुन्छ । यी हार्मोन तलतिर बग्यो भने यसले सन्तान उत्पादनको काम गर्छ । यौन आकांक्षामा बृद्धि हुन्छ । रमाइलो गर्न मन लाग्छ ।
तर यहि हार्मोनहरु माथि तिर अर्थात उर्द्धगमनतिर गयो भने यसले सिर्जनात्मक काम गर्छ । सिर्जना भित्र कलापर्छ । कलाभित्र साहित्य, संगीत र विभिन्न किसिमका कला पर्दछन् । अझ माथि गयो भने मानिस विशिष्ट किसिमको वैज्ञानिक बन्न थाल्छ । उसमा गम्भीर तह सोच्ने शैलीको विकास र अनुसन्धान गर्ने जाँगर बढ्न थाल्छ ।
अझ माथि गयो भने मानिस ऋषी हुन्छ । अध्यात्मिकको शिखर पुरुष बन्छ । यहि कारण सामान्य मानिसलाई भन्दा कवि-कलाकारलाई मानिसले माथिल्लो वर्गमा राख्छन् र उनीहरुलाई सम्मान गर्छ । अझ माथि गयो भने मानिस वैज्ञानिक बन्छ, उसले धेरैलाई सुख(सुविधाको सरल माध्यम बनाइदिन्छन् । (भलै केही वैज्ञानिक अनुसन्धानले युद्ध जस्ता नकारात्मक सामग्री पनि उत्पादन गरेका छन् । तर ती वैज्ञानिकको उद्देश्य कसैलाई नष्ट गर्ने बस्तु बनाउने होइन ।) अझ त्यसभन्दा पनि माथि यो हार्मोन गयो भने मानिस बुद्ध बन्छ, कृष्ण बन्छ ।
लियोनार्दो, बिवाह र सिर्जनाः
उदाहरणका लागि लियोनार्दो दा भिन्चीलाई हेर्न सकिन्छ । लियोनार्दो दा भिन्चीले सिर्जना गरेको मोनालिसा विश्वचर्चित छ । उनले विवाह नै गरेनन् । विवाह गर्ने आवश्यकता नै ठानेनन् । उनको त्यो टेस्टोटेरेन हार्मोन सधैं कलाको रुपमा हृदयमा आइरह्यो ।
उनलाई कसैले विवाह किन नगरेको भन्ने प्रश्न सोधेका थिए । उनले भनेका थिए, ‘मलाई विवाह गर्ने बारेमा सोच्ने फुर्सदै भएन ।’ जसलाई विवाहको बारेमा सोच्ने फुर्सद नहुनुको कारण नै उनमा भएको सिर्जनात्मक हार्मोन यौनमा नगएर त्यो भन्दा माथि गयो ।
हर्मोनलाई यौनमा स्खलित गर्ने कि कलामा ?
हामी पनि हाम्रो टेस्टोटेरेन अथवा कजेस्टोरेन हार्मोन यौनमा स्खलित नगरेर कला, विज्ञान र अध्यात्ममा परिवर्तन गर्न सक्छ । यसका लागि केही उपाय छन् । जसलाई डा. योगी विकासानन्दले मिठो गरेर प्रस्ष्टाएका छन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












