ओलीलाई गलाउनमा प्रचण्डको हात, देउवालाई जिताउनमा राष्ट्रपतिको साथ !
काठमाडौं, १४ पुस । ‘बरु प्रधानमन्त्री नबनुला तर अध्यादेश त मरिगए पास हुन दिन्न’ केही दिन अगाडि एमाले अध्यक्ष केपी ओलीले यो भनाई राखेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको पाँच दलको बैठकमा कांग्रेस नेता विमलेन्द्र निधिसँग यस्तो तर्क गरेका थिए ।
निधिले सरकार प्रमाणिकरणको लागि राष्ट्रपति समक्ष पठाएको एकल संक्रमणीय निर्वाचन प्रणालीद्धारा राष्ट्रियसभा गठनको अध्यादेशमा सहमति जनाउन प्रस्ताव गरेका थिए । तर ओलीको त्यसको ठाडो जवाफ दिएका थिए । उनले यो भनाई राखेको ठिक एक सातामा राष्ट्रपति विद्यादेवी भण्डारी त्यही नै प्रस्ताव प्रमाणिकरण गरेकी छन् ।
दुई महिनादेखि राष्ट्रपति समक्ष अड्किएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश अन्ततः पास भएको हो । कांग्रेस नेतृत्वको सरकारले एकल संक्रमणीय निर्वाचन प्रणालीद्धारा राष्ट्रियसभा गठनको प्रताव राष्ट्रपति पेस गरको थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट पहिलो दल बनेको एमालेले भने बहुमतीय प्रक्रियाबाट राष्ट्रियसभा गठन हुनुपर्ने अडान राख्दै आएको थियो ।
दुई दलको आ–आफ्नै अडानको चपेटामा राष्ट्रपति विद्यादेवी परेकी थिइन् । तर, अब भण्डारीले लामो समय अड्किएको अध्यादेश जारी गरेकी हुन् । यसविचमा नेताहरुबीच पटक पटक छलफल तथा भेटवार्ता समेत भए । तर एमालेले आफ्नो अडानबाट एक ईन्चपनि पटि हटेन् । बरु आफ्नो अडानमा दृढ रह्यो । बीचमा रहेको माओवादी केन्द्रले कांग्रेसलाई पाँखा लगाएर अगाडि बढ्न नसकिने बताएपछि एमालेले आफ्नो अडानबाट पछि हट्ने संकेत दिएको थियो । फलस्वरुप पछाडि हट्यो र अध्यादेश प्रमाणिकरण भयो ।
देउवाको जीत, ओलीको हारः
अध्यादेशलाई दुई ठूला दल एमाले र कांग्रेसले प्रतिष्ठाको विषय बनाएका थिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कुनै पनि हालतमा अध्यादेश जारी गर्ने र एमाले अध्यक्ष ओली अध्यादेश जारी गर्न नदिने पक्षमा थिए । माओवादी अध्यक्ष प्रचण्ड भने कसरी हुन्छ दुई पार्टीबीचको असहमतिको गाँठो फुकाएर देशलाई निकाश दिनुपर्ने लाइनमा उभिएका थिए ।
राष्ट्रपतिले बिहिबार प्रचण्डसँगको भेटपछि अध्यादेश जारी गर्ने निर्णय लिइन् । त्यसले सबैभन्दा ठूलो झड्का एमालेलाई लाग्यो । केही सिटको लोभमा एमालेले एकल संक्रमणीय निर्वाचन प्रणालीलाई ठाडै अस्वीकार गरिरहेको थियो । देउवा पनि कांग्रेसको राष्ट्रिय सभामा प्रतिनिधित्व बढ्ने देखेपछि एमालेले भनेजस्तो बहुमतीय प्रणालीको विपक्षमा थिए । तर, तनाब भने ओलीलाई थियो ।
निर्वाचन सम्पन्न भई परिणामसमेत आइसकेको अवस्थामा अध्यादेश पारित नभएसम्म देउवा सरकार छाड्नेवाला थिएनन् । यसैबीच राष्ट्रपति अध्यादेश स्वीकृत गर्ने पक्षमा पुगेको सन्देश बिहीबार एमाले बैठकमा पुग्यो । तर, सहमतिमा आएजस्तो देखाउन उसले हतारहतार अध्यादेशको विषयमा लचकता अपनाउने निर्णय गर्यो । अर्थात, हठ्ठी स्वभावका ओली अन्ततः गले ।
एमाले कांग्रेसबीच प्रतिष्ठाको विषय बन्दा देश अनिर्णयको बन्दीः
एमाले र कांग्रेसको आ आफ्नै अडानका कारण राष्ट्रिय सभा सदस्य निर्वाचन अन्यौलमा थियो । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको झण्डै एक महिना हुनैलाग्दा पनि दुई दलले आ आफ्नो प्रतिष्ठाको लडाईबाट पछि नहटेपछि समग्र देश पछि परेको थियो ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











