दिल्लीमा फेरी १९ वर्षीय मोडलमाथि सामूहिक बलात्कार
एजेन्सी,१४ पुस । भारतको राजधानी नयाँ दिल्लीमा फेरि अर्को सामूहिक बलात्कारको घटना बाहिर आएको छ । दिल्ली प्रहरीले क्रिसमसका दिन पीडित १९ वर्षीया किशोरीले प्रहरीलाई टेलिफोन गरेर घटनाबारे जानकारी दिएकी छन् ।
पीडित युवतीले आफू मोडलिङको क्षेत्रमा रहेको जानकारी पनि दिएकी छन् । दुई महिनाअघि उनी यसै सिलसिलामा मुम्बई गएकी थिइन् । सोही क्रममा उनको भेट दिल्लीका सतिश नामका युवकसँग भएको थियो ।
युवकले आफूले दिल्लीमा परिचित रहेको र त्यही एक निर्देशकसँग कुराकानी गराउने बताएका थिए । युवकको आश्वासनअनुसार दिल्लीको जामियानगरमा आएर युवती डेरामा बस्दै आएकी थिइन् ।
युवतीका अनुसार दिल्लीमा आएकी उनलाई १५ दिनदेखि सतीशले कही लगेका थिएनन् । सतीशले २४ डिसेम्बरमा युवतीलाई टेलिफोन गरेर दक्षिण दिल्लीको एक भवनमा बोलाएका थिए । सो स्थानमा सतीशसँग जग्गी नामका उनका साथी समेत थिए ।
सो भवनमा सबैले पार्टी गरेर सतीश युवतीलाई लिएर सरोजनी नगर इलाकामा एक फ्ल्याटमा पुगे । सो स्थानमा युवतीलाई नशालु पदार्थ खुवाएर तीन जनाले सामूहिक बलात्कार गरेको युवतीले प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको छ ।
बलात्कार भएको भोलिपल्ट २५ डिसेम्बरमा होसमा आएपछि प्रहरीलाई फोन गरेर पीडितले जानकारी गराएकी हुन् । सोही स्थानबाट प्रहरीले आरोवी सतीश र जग्गीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुविरुद्ध प्रहरीले सामूहिक बलात्कारको आरोपमा मुद्दा दर्ता गरेको छ । आरोपीमध्ये एक हरेन्द्र नाम गरेका युवक भने फरार रहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












