प्रधानमन्त्री बन्ने दिन नजिकिएसँगै केपी ओलीको सुरक्षा बढाइयो, बहालवाला प्रधानमन्त्री जस्तै सुरक्षा
काठमाडौं, १४ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली केहि दिनभित्र नेपालको ४१ औं प्रधानमन्त्री बन्दैछन् । राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धि अध्यादेशका कारण केही दिन अलमलिएको नेपालको राजनीतिले आजबाट फेरी गति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश प्रमाणिकरण गरेसँगै अब राष्ट्रियसभा सदस्य निर्वाचन र नयाँ सरकार गठनको बाँटो खुलेको छ ।
नयाँ सरकारले नेतृत्व पहिलो ठूलो दल नेकपा एमालेका अध्यक्ष ओलीले गर्ने पक्कापक्की छ । त्यसैले प्रहरीले ओलीको सुरक्षा बढाएको हो । प्रहरी प्रधान कार्यालयले छिट्टै प्रधानमन्त्री हुन लागेको ओलीको सुरक्षाका लागि बुधबारदेखि डिएसपीको कमाण्डमा एउटा टोली खटाएको छ ।
बुधबारदेखि डिएसपी सानुराम भट्टराईलाई ओलीको सुरक्षार्थ थप गरिएको छ । यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिदै आएका थिए। बहालवाला प्रधानमन्त्रीलाई पनि डिएसपीकै कमाण्डमा प्रहरी खटाइने गरिएको छ। पछुवा गाडि बाहेक ओलीलाई पनि प्रधानमन्त्रीकै सरह सुरक्षा खटाइएको छ।
देशको सबैभन्दा ठुलो पार्टीको अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा ओलीको सुरक्षादस्ता बढाइएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए भने ‘सुरक्षा थ्रेटकै बिश्लेषण गरी डिएसपीलाई खटाएका हौं’ सुरक्षा सेवा निर्देशनालयका एक अधिकारी । नयाँ परिस्थितीअनुसार अन्य नेताहरुको पनि सुरक्षा जोखिम बिश्लेषण भइरहेको प्रहरीले मुख्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












