ओली र प्रचण्डलाई राजनीतिबाट सन्यास लिन योगेश भट्टराईको सुझाव
काठमाडौं, १६ पुस । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् । काठमाडौंमा एमालेको पेशागत विशेष जिल्ला कमिटिले गरेको कार्यक्रममा नेता भट्टराईले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी एकताको प्रक्रिया पूरा गरेर राजनीतिबाट सन्यास लिन आग्रह गरेका हुन् ।
पार्टी एकता नागरिकबाट अनुमोदन भइसेकाले अब चाँडै नै एकताको घोषणा गरी त्यहि कार्यक्रममा दुई नेताले राजनीतिबाट सन्यास लिन सुझाव दिएका हुन् । उनले भने, ‘पार्टी एकताको प्रक्रिया पूरा गरेपछि उहाँहरुले राजनीतिको परीक्षामा पूर्णाङ्क प्राप्त गर्नुहुन्छ । अब पनि अध्यक्ष वा प्रधानमन्त्री बन्छु भन्नु फेरि परीक्षामा सहभागी हुनु जस्तै हो । उहाँहरुले सतप्रतिशत अंक ल्याएर पास भएकाले फेरि परीक्षा दिनु आवश्यक छैन ।’
एकीकृत पार्टी तथा देशको नेतृत्वको जिम्मा अब दोस्रो तथा तेस्रो पुस्ताको काँधमा दिएर ओली र प्रचण्डले राजकीय व्यक्तित्व बनेर देश, विदेशका ठूला विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रिया र राजनीतिक व्यवस्थापनका बारेमा लेक्चर दिन जानु पर्ने भट्टराईको भनाई छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












