आफ्नै दाजुले बलात्कार गरेपछि आमालाई सुनाइन्, तर घटना यस्तो भयो
एजेन्सी, १६ पुस । आफ्नै दाजुले आफूलाई बलात्कार गरेपछि आफ्नी आमासँग यसबारे गुनासो गरेकी एक किशोरीले आमाले दिएको जवाफ सुनेपछि छाँगाबाट खसेझैं भइन् । उनकी आमाले उल्टै यसबारे हल्ला नगर्न र हल्ला गरे आफ्नै बिहेमा समस्या हुने बताएपछि ती किशोरी सहारा विहीन भइन् ।
अहिले ती किशोरी आफ्ना बलात्कारी दाजुलाई सजाय दिलाउन प्रहरीकहाँ धाइरहेकी छिन् । थानामा उजुरी दर्ता गरेको ३ दिन भयो तर प्रहरीले अहिलेसम्म आरोपी दाजुलाई पक्राउ गर्न सकेको छैन । अर्कोतर्फ घरमा पीडित किशोरीलाई बस्नै नसक्ने अवस्था आएको छ । परिवारका अन्य सदस्यले उनलाई घरबाट निकालेका त छैनन् तर यतिसम्म बेवास्ता गरेका छन् कि उनी घरमा भएर पनि नभएजस्तो व्यवहार गर्छन् ।
घटना भारतको विहार राज्यको बक्सरको हो । प्रहरीले बिहीबार राती आरोपीलाई पक्राउ गर्न धेरै ठाउँमा छापा मारेपनि केही हात लागेन । आफ्ना दाजुविरुद्ध उजुरी दिन पीडित किशोरी बुधबार प्रहरीकहाँ आएकी थिइन् । प्रहरीलाई दिएको निवेदनमा उनले विगत तीन महिनादेखि दाजुले बलात्कार गरिरहेको आरोप लगाएकी छिन् ।
ती किशोरीले आफूले दाजुको कर्तुत आमालाई भन्दा आमाले चुप बस्न पठाएको बताएकी छिन् । आमाले उनलाई यो कुरा अरुले थाहा पाए समाजमा बदनामी हुने र उनको बिहेमा समस्या हुने बताएकी थिइन् ।
आमाले यस्तो जवाफ दिएपछि ती किशोरीले काकीसँग गुहार मागेकी थिइन् । काकीले पीडित किशोरीलाई लिएर प्रहरीमा गइन् । ती दाजुले बहिनी प्रहरीमा गएको थाहा पाएपछि फरार भएका छन् । उनको मोवाइल फोन पनि बन्द भएको बताइएको छ । किशोरीका अनुसार आफ्ना बाबुआमा र भाइ खेतमा काम गर्न गएको बेला दाजुले उनलाई बलात्कार गर्थे ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












