४ सय वर्ष पुरानो मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप
गोरखा, १६ पुस । चार सय वर्ष पुरानो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण भइरहेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको छ । मन्दिरको छानामा रहने तामाको पातामा सुनको जलप लगाउने कार्य शुरु गरिएको बताउँदै मनकामना मन्दिर जीर्णोद्धार समितिका सचिव प्रेमकुमार श्रेष्ठले पुरातत्व विभागको मापदण्डअनुसार नै धेरै वर्षसम्म टिक्ने गरी जलप लगाउने कार्य आरम्भ गरिएको बताए ।
श्रेष्ठले भने ‘एक तोला सुनले तीन स्वायर तामाको पातामा जलप लगाउनुपर्छ भन्ने पुरातत्व विभागको मापदण्डअनुसार नै जलप लगाएका छौँ ।’ पाटनदेखि आएका १२ जना कालीगढ तामाको पातामा सुनको जलप लगाउन व्यस्त छन् ।
समितिले साढे सात किलोग्राम सुन खरिद गरिसकेको छ । जलप दीर्घकालीन रुपमा टिकाइराख्ने हो भने कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ । तामाको पातामा लगाएको सुनको जलप कम्तीमा एक सय वर्ष पहेँलो रहन्छ । पानीले नबिगार्ने उक्त जलप परेवाको विष्टीले भने बिगार्ने बताइन्छ ।
श्रेष्ठले भने, ‘अहिलेसम्म १३ वटा तामाको पातामा सुनको जलप लगाइसकेका छौँ । सुन तथा जलप लगाएका पाताहरु सुरक्षित तवरले भण्डारण गरिएको छ ।’ मन्दिरको छानो चार हजार स्क्वायरफिट रहेको छ । मन्दिरलाई आवश्यक पर्ने पाता काठमाडौँका सुन्दरकृष्ण शाहीले दान दिएका हुन् ।
मन्दिर पुनःनिर्माण गर्दा अहिलेसम्म रु आठ करोड खर्च भइसकेको छ । मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठका अनुसार मन्दिर पुनःनिर्माणमा चाहिने रु एक लाख २५ हजार वटा इँटा काठमाडौँका हिराकाजी महर्जनले दान गरेका हुन् ।
टिम्बर कर्पोरेशनबाट समयमै काठ उपलब्ध हुन नसक्दा र तीन वटा तहको निर्वाचनले गर्दा मन्दिर पुनःनिर्माणको काममा केही ढिलाइ भएको स्वीकार गर्दै अध्यक्ष श्रेष्ठले आउँदो साउनभित्रमा मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न गरिने बताए ।
मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकारले आव २०६७/६८ मा दिएको रु एक करोडमध्ये रु ५६ लाखले सुन खरिद गरेको समितिले रु ४४ करोडले काठ खरिद गरेको थियो । यस्तै आव २०६९/७० मा सरकारले दिएको तीन करोडले सात किलोग्राम सुन खरिद गरेको सचिव श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले भने, ‘सरकारले हामीलाई जिन्सी दिएको हो । नगद हामीले भक्तजनबाट पनि संकलन ग¥यौँ । अहिलेसम्म करिब रु छ करोड संकलन भइसकेको छ ।’ २४ क्यारेटको सुन पारोमा मिसाएर तामाको पातामा लगाइन्छ । मन्दिरको पुनःनिर्माणका लागि बजेट करिब पुग्ने बताउँदै समितिले मन्दिर छेउको पर्खाल जगैदेखि भत्काएर बनाउनुपर्ने अवस्था रहेको जनाएको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












