श्रीस्वस्थानी व्रत मंगलबारदेखिः शालीनदीमा श्रीस्वस्थानी व्रतको तयारी पूरा
काठमाडौं, १६ पुस । काठमाडौंको साँखुस्थित शाली नदीमा हुने एक महिने कठिन माधवनारायणको श्रीस्वस्थानी व्रतको सम्पूर्ण तयारी पूरा भएको छ। श्रीस्वस्थानी व्रत र शाली नदी क्षेत्रको व्यवस्थापन गर्दै आएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले श्रीस्वस्थानी व्रतको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
समितिका वरिष्ठ उपाध्यक्ष जीवनमान सिंहले व्रतालुले दैनिक स्नान गर्ने शाली नदीमा पोखरी निर्माणदेखि शाली नदीसम्म पुग्ने बाटोमा सरसफाइ, शान्ति सुरक्षालगायतको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। यस वर्ष मंगलबारदेखि एक महिने श्रीस्वस्थानी व्रत सुरु हुँदैछ। व्रत बस्ने व्रतालु भने सोमबार नै साँखु पुगेर आफू बस्ने ठाउँको बन्दोबस्त गरी माधवनारायणको मन्दिरमा जल चढाउने उनी बताउँछन्।
यस वर्ष करिब तीन सय जनाले श्रीस्वस्थानी व्रत बस्ने तयारी भइरहेको उनले जानकारी दिए। उनका अनुसार यसवर्ष व्रतालुहरुको सुविधाको लागि उनीहरु बस्ने जग्यभित्र टायल बिछ्याइएको छ। ‘त्यस्तै एक महिने व्रतको क्रममा बिहानै स्नान गरेका व्रतालुहरुलाई न्यानोको लागि यस वर्ष पर्याप्त काठको व्यवस्था गरिसकेका छौं’, करिब तीन दसकदेखि श्रीस्वस्थानी व्रतको व्यवस्थापनमा जुट्दै आएका सिंहले भने।
एक महिने श्रीस्वस्थानी व्रतको अवधिमा करिब ३० लाख भक्तजन शाली नदीमा मेला भर्न पुग्ने अनुमान गरिएको छ। गत वर्ष करिब २२ लाख भक्तजन शाली नदीमा मेला भर्न आएको समितिले जनाएको छ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












