पत्र काटिएका ३४ मध्ये अझै २७ कम्पनी नेप्सेको सम्पर्कमा आएनन्
काठमाडौं, १७ पुस । कारोबार रोकिएका ३४ कम्पनीमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सात वटा कम्पनी मात्रै सम्पर्कमा आएका छन्। नेप्सेले कारोबार रोकिएका ३४ कम्पनीलार्इ पत्र काटेको थियो।
पत्र काटिएका ३४ कम्पनी मध्ये २७ कम्पनी अझै सम्पर्कमा नआएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । सम्पर्कमा नआएको कम्पनीबारे उच्च व्यवस्थापनमा छलफल गरेर उपयुक्त कदम चालिने उनले बताए । मेगा बैंक, विशाल बजार कम्पनी, सिनर्जी फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, ललितपुर फाइनान्स कम्पनी, वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्स र नेपाल फाइनान्सले नेप्सेमा जवाफ पठाएका छन्।
मेघाले टुरिज्जम बैंक एक्वायरको निर्णय साधारणसभाबाट पारित भएको जनाउँदै छिट्टै कारोबार खुल्ने जानकारी दिएको छ। प्राप्ति गर्ने निर्णय गरिसकेकोले दोस्रो बजारमा चाँडै कारोबार खुल्ने जानकारी नेप्सेलाई गराएको छ। विशाल बजारले चाँडै साधारण सभा गर्ने जानकारी नेप्सेलाई दिएको छ।
नेप्सेले लामो समय देखि कारोबार रोकिएका र नबिकरण नभएका कम्पनीको सुचना अध्यावधिक गर्न ३४ कम्पनीलाई पत्र काटेको थियो। कम्पनीको प्रकृति हेरेर केही कम्पनीलाई २१ दिन र केहीलाई १५ दिन भित्र सम्पर्कमा आउन नेप्सेले पत्र काटेको थियो। नेप्सेले लामो समय देखि कारोबार रोकिएका र नविकरण नभएका ५२ कम्पनीको सूचीकरण खारेज गरिसकेको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












