विराटनगरलाई प्रदेश राजधानी बनाउन सकारात्मक छुः प्रधानमन्त्री देउवा
विराटनगर, १७ पुस । धनकुटाले प्रदेश १ को राजधानी माग्दै सिंहदरवार घेराउ गर्यो । इटहरीमा दिनँहु आन्दोलनका कार्यक्रम भईरहेका छन् । सुन्दरहरैंचामा पनि र्याली, आमसभा भईरहेका छन् । विराटनगर पनि जुरुक्क उठेको राजधानीको दावी गर्दै । झापाको आफ्नै दावी छ ।
यसै मेसोमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार स्पष्ट शब्दमा भनेका छन्, ‘म विराटनगरलाई राजधानी बनाउनुपर्छ भन्ने पक्षमा छुँ, ढुक्क हुनुहोस् ।’ देउवाकै शब्दमा ‘विराटनगरको हक किन पनि लाग्छ भने यो सहरमा सबै पूर्वाधार छन्, इतिहास छ, विपि कोईराला, मनमोहन अधिकारीको गृहनगर हो, प्रजातान्त्रिक आन्दोलनको सुरुवात विराटनगरबाटै भयो, नेपालको पहिलो उद्योग विराटनगरमै खुल्यो, सोमबार मन्त्रीपरिषद् बैठक भएन् बिहिबार होला वा अन्य कुनै दिन होला तर राजधानी विराटनगरनै हुन्छ ।’
व्यापक चाँसोका यो विषयलाई विराटनगरले उठान ग¥यो । उद्योगी महेश जाजु, कांग्रेस नेताहरु अमृत अर्याल, गुरुराज घिमिरे, नागेश कोइराला, डा.डीला संग्रौला, शिवनारायण सिंह, गोपाल थापा लगायतका व्यक्तिहरुले सोमबार बालुवाटर गएर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा देउवाले आफु विराटनगरको पक्षमा रहेको बताएका हुन् । भेटका क्रममा देउवाले सुरुमै भने, ‘फेरी राजधानीको कुरा लिएर आउनुभयो ?’ देउवालाई उदृत गर्दै उद्योगी महेश जाजुले भने, ‘देउवा विराटनगरकै पक्षमा हुनुहुन्छ, विराटनगरबारे सकारात्मक छु भनेर हामीलाई भन्नुभयो ।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












