देउवाको बोलीकै कारण कांग्रेस पराजित भएको गगन थापाको आरोप
काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली युवा नेता गगन थापाले निर्वाचनमा कांग्रेसले व्यहोरेको हारको जिम्मेवारी लिनबाट नेतृत्व पछि हट्न नहुने बताएका छन् । नेतृत्वको दादागिरिका कारण जनताले कांग्रेसलाई पाठ सिकाएको बताउँदै हारको जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।
कान्तिपुर टेलिभिजनको फायर साइडमा कुराकानी गर्दै थापाले पार्टीको सांगठनिक संरचनालाई छलेर निर्णय गर्ने तथा भ्रातृ संस्थालाई कमजोर बनाउने खेल नै हारको कारण भएको बताए ।
निर्वाचनको हारका बारेमा सभापति देउवाले चुनाव हार्नेहरुले नेतृत्वलाई गाली गरेको भन्दै अनुशासनहीलाई कारवाही गर्ने चेतावनी दिएको सन्दर्भमा थापाले नेतृत्वको अभिव्यक्ति गम्भीर रहेको बताए । उनले निरंकुश व्यवहार र बोली नेतृत्वले प्रस्तुत गर्न आवश्यक नरहेको बताए ।
पार्टी रुपान्तपरण आवश्यक भएपनि नेतृत्वले तत्काल बाटो खाली गर्नुपर्ने अवस्था नरहेको उनले बताए । सभापति शेरबहादुर देउवाप्रति ईंगित गर्दै थापाले निर्वाचनमा हार व्यहोरेकै कारण नेतृत्व छोड भनेर भन्ने अवस्था नरहेको बताए ।
‘तपाईहरुका कारण चुनाव हारियो अब छाड्नुस भनेर युवाले माग्ने होइन । पार्टीका लागि नेतृत्वले गरेको योगदानको सम्मान गर्दै अबको पुस्तालाई हस्तान्तरण गर्न उत्प्रेरित गर्नुपर्छ । ’, थापाले भने ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












