प्रहरी हेडक्वार्टरद्धारा पूर्व डिआइजी नवराल सिलवाल विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं, १८ पुस । प्रहरीले पूर्वडिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आइजिपी बढुवा सम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते आरोपमा अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको महानगरी प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले जानकारी दिए ।
आइजिपी बढुवा सम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको सर्वोच्च अदालतको फैसलाका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो। उनले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागज किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गरिसकेको एआइजी चन्दले जानकारी दिए । पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै उपत्यका छाडिसकेका छन्। सिलवाल विरुद्ध गत पुस ५ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका थिए।
डिआइजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै किर्ते गर्नेहरुलाई कारबाहीको आदेश दिएको सर्वोच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवाल विरुद्ध जाहेरी दर्ता भएको थियो। सिलवाल विरुद्धको किर्ते मुद्दाको सम्बन्धमा पुस ३ गते सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, महान्यायाधिवक्ता बसन्तराज भण्डारी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालबीच छलफल भएको थियो। छलफलपछि पुस ५ मा जाहेरी दर्ता भएको थियो।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












