ओली विरामी पर्दा एकता संयोजन समिति बैठक अनिश्चित, ओलीसँग प्रचण्डले आज भेटवार्ता गर्ने
काठमाडौं, १९ पुस । वाम एकता संयोजन समितिको बैठक केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएपछि मात्रै बस्ने भएको छ । झाडापखालाका कारण अस्वस्थ रहेका एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार आएसँगै प्रचण्ड र ओलीबीच आज साँझसम्म भेटवार्ता हुने ओलीका प्रेस सहयोगी चेतन अधिकारीले जानकारी दिए ।
चिसोका कारण २–३ दिन बालकोटस्थित निवासमै रहेका ओली बुधबार विहानदेखि तङ्ग्रिएपछि ओली–प्रचण्डबीच भेटघाटको सम्भावना बढेको हो। ‘अध्यक्ष ओलीको स्वास्थ्यस्थिति अहिले राम्रो छ, आज विहानैदेखि भेटघाट गर्न थाल्नु भएको छ’ अधिकारीले भने, ‘भेटघाट तय त भइसकेको छैन, तर साँझसम्म दुई शीर्ष नेताहरुबीच भेट हुनसक्छ।’
दुई नेताहरुबीचको भेटवार्तापछि मात्रै एकता संयोजन समितिको बैठक बस्ने अधिकारीको भनाई छ । आज हुने सम्भावित भेटमा मूलतः पार्टी एकताका विषयमा नै दुई शीर्ष नेताबीच छलफल हुनेछ। हिजो भएको माओवादी केन्द्रको सचिवालय बैठकमा प्रचण्डले ओलीको स्वास्थ्यस्थितिका कारण २–३ दिन यता ओलीसँग भेट हुन नसकेको बताउँदै छिट्टै पार्टी एकताका विषयमा कुराकानी गर्ने जानकारी गराएका थिए।
वाहिर चर्चा गरिएजस्तो एकता संयोजन समितिको बैठक चाहिँ आज बस्ने सम्भावना छैन। ओली–प्रचण्डबीच आज साँझसम्म भेट हुन सक्यो भने त्यसपछिमात्र एकता संयोजन समितिको बैठक बस्न सक्छ। किनभने, पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा सहमति भएपछिमात्र एकता संयोजन समितिको बैठक राख्ने मुडमा ओली–प्रचण्ड छन्।
यसअघि १२ पुषको भेटमा ओली–प्रचण्डले १–२ दिनमै संयोजन समितिको बैठक बस्ने निर्णय गरेका थिए। तर ओली अस्वस्थ्य भएपछि बैठक पनि अनिश्चित भएको थियो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












