ओलीलाई प्रधानमन्त्री बन्नबाट किन रोक्दैछन् देउवा ? के विकास भएको देख्न नचाहेकै हो ?
काठमाडौं, १९ पुस । यतिबेला नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने तरखरमा छन् । भर्खरै सम्पन्न निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमालेले भावी प्रधानमन्त्रीको रुपमा ओलीलाई अघि सारेको छ । माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकताको तयारी रहेको एमाले ओलीलाई प्रधानमन्त्री बनाएर देश विकासमा अगाडी बढ्न चाहिरहेको छ ।
पहिलो पटक प्रधानमन्त्री बन्दा गरेका कार्यले सबैको चर्चामा आएका ओलीलाई अब जसरी भएपनि प्रधानमन्त्री बन्न नदिने षडयन्त्रमा कांग्रेस लागिपरेको नेताहरु बताउँछन् । कांग्रेसका शीर्ष नेताहरुले नै छलफल गरेर ओलीलाई प्रधानमन्त्री र वाम एकता हुन नदिने जुनसुकै तरिका पनि अपनाउने निष्कर्षमा पुगेका थिए । त्यही अनुरुप उनीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर गरिरहेका छन् ।
उनले आफु वाम गठबन्धनको भावना विपरित नजाने बताउँदै आएपछि कांग्रेसले प्रचण्डमाथि धम्कीको भाषा प्रयोग गरिरहेको छ । यसको प्रमुख डिजाईनर हुन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा । उनले ओलीलाई जसरी पनि सत्तामा आउन नदिन साम, दाम, दण्ड, भेद सबै उपाय अपनाईरहेका छन् ।
एमाले नेता रघुवीर महासेठले पनि देउवा सँगै विदेशी शक्ति पनि ओलीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले भने, ‘हाम्रो पार्टीका श्रद्धय अध्यक्ष कमरेड ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नको लागि षड्यन्त्र भैरहेको छ, तर जनताले हामीलाई म्याण्डेट दिएका छन्, जनताको चाहना केपी ओली नै मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने हो।’
उनले जनताको पहिलो रोजाईमा ओली नै परेको जिकिर गरे । उनले भने, ‘जनताले त ओलीकै नाममा वाम गठबन्धनलाई बहुमत दिएका हुन्, तर अहिले उहाँलाई रोक्नको लागि विभिन्न खाले षड्यन्त्रहरु सुरु भएका छन्।’
निर्वाचन सम्पन्न भएपछि मुलुक स्थिरत राजनीतिको यात्रामा अघि बढ्ला भनेर आफूहरुले सोचेको भएपनि मतपरिणाम सार्वजनिक भएसँगै चलखेल सुरु भएको उनको आरोप थियो । उनले भने, ‘देउवाले दुई चार महिना अझै सत्ता लम्ब्याउने खेल खेले, वाम गठबन्धन टुटाउन सकिन्छ कि भनेर खेल सुरु भएको छ, तर यो खेल सफल हुन दिँदैनौं।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











