किमलाई ट्रम्पले भने, ‘मसँग तिम्रोभन्दा ठूलो र शक्तिशाली परमाणुको स्वीच छ’
काठमाडौं, १९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई कडा प्रतिक्रिया दिएका छन् । किम जोङले आफ्नो टेवुलमा अमेरिका ध्वस्त पार्ने परमाणुक बमको स्वीच रहेको चेतावनी दिएपछि ट्रम्पले त्यसको जवाफ दिएका हुन् ।
ट्रम्पले आफूसँग ठूलो र शक्तिशाली परमाणु परीक्षणको स्वीच रहेको बताए । नेता किमले परमाणु परीक्षणको स्वीच जहिले पनि आफ्नो नियन्त्रणमा रहने भएकाले अमेरिकाले युद्धको सुरुवात गर्न नसक्ने र पूरै अमेरिका आफ्नो देशको परमाणु आक्रमणको दायरामा रहेको भन्दै चेतावनी दिएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किमको भनाईको जवाफ बुधबार ट्वीट मार्फत दिएका हुन् । उनले ट्वीट मार्फत किमसँग भएको भन्दा ठूलो र शक्तिशाली परमाणु बटन आफूसँग रहेको भन्दै उत्तर कोरियालाई चेतावनी दिएका हुन् ।
ट्रम्पले पछिल्लो समय व्यक्तिगत तथा देशलाई निशाना बनाएर ट्वीट गर्ने गरेका छन् । पाकिस्तान, प्यालेस्टाइन र अहिले आएर उत्तर कोरियाका नेतालाई लक्षित गरी ट्वीट गरेका हुन् । ट्रम्पले चेतावनी दिए पनि धेरै राष्ट्रपतिले ट्वीटमा दिने गरेका चेतावनी र समेट्ने गरेका विषयवस्तुका बारेमा असन्तुष्टि जनाएका छन् ।
विश्वका नेताले परमाणु हतियारलाई निकै हलुका रुपमा लिएको भन्दै धेरैले आलोचना गरेका छन् । तर ट्रम्पका समर्थक भने उनको पक्षमा उभिएका छन् ।
http://news-nepal.com/720342-2/
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












