मानवअधिकारकर्मी कृष्ण पहाडीलाई जथाभावी नबोल्न विप्लवको चेतावनी
काठमाडौं, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मानवअधिकारकर्मी कृष्ण पहाडीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मानवअधिकारकर्मी पहाडीलाई जथाभावी नबोल्न चेतावनी दिएको हो ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन खारेज अभियान चलाएको नेकपालाई पहाडीले ‘आततायी’ को संज्ञा दिएका थिए । उनको भनाईपछि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले कडा सब्दमा त्यसको प्रतिवाद गरेका हुन् । महासचिव विप्लवले जनताले गरेको न्यायपुर्ण संघर्षलाइ कुनै पनि बहाना र आवरणमा बंग्याउने कोशिश नगर्न चेतावनी दिँदै त्यस प्रकारको प्रतिक्रियावादी हर्कत गर्नेहरुलाई जनताले धुलोपिठो पार्ने चेतावनी दिए ।
पहिले काँग्रेस भएर अमेरिका छिरेपछि कथित मानवअधिकारकर्मीको मुकुण्डो लगाएर नेपालका उत्पीडित जनताका पक्षमा गरिने संघर्ष र आन्दोलनको बिरोध गर्न र बिदेशीहरुको एजेण्डको भूमिका खेल्न कथित मानवअधिकारकर्मी बनेको भन्दै पहाडीलाई विप्लवले यस्तो चेतावनी दिएका हुन् । नेकपाले अधिकारकर्मी पहाडीलाई सिआइडीको संज्ञा दिएको छ ।
रातो खबर साप्ताहिकमा लेख लेख्दै उनले पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेखमा ब्यक्त भएको बिचारको चर्को खण्डन गरेका हुन् ।
विप्लवले उत्पीडित जाति, क्षेत्र र लिङ्गको पक्षमा एक शब्द बोल्न नसक्ने ब्यक्तिले मानव अधिकारको जामा पहिरिएर तथानाम नबोल्न समेत सुझाव दिदै आवस्यक पर्यो भने पहाडी प्रवृत्तिको ओछ्यान मुनी नै बम पड्किने दिन समेत आउन सक्ने चेतावनी दिए ।
Comments
अरु समाचार
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...












