नयाँ शक्ति पार्टीका नेता तुलाराममाथि डोजर चलाईयो (भिडियोसहित)
चितवन, २१ पुस । नयाँ शक्ति पार्टी नेपालका नेता तुलाराम विश्वकर्मामाथि डोजर आक्रमण भएको छ । चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट उम्मेदवार बनेका नेताविश्वकर्मामाथि भरतपुर महानगरपालिका २१ कालिकाचोकमा सडक निर्माण कम्पनिले डोजर आक्रमण गरी उनलाई घाइते बनाएको हो ।
बाटो विस्तार समितिले सडक चौडा गर्ने नाममा बिना जानकारी जग्गामा डोजर लगाउन आएपछि बुझ्न पुगेका उनीमाथि डोजर लगाइएको प्रत्यक्षदर्शीले बताए । नेता विश्वकर्मालाई त्यहाँ उपस्थित अन्य व्यक्तिले बचाएका थिए । ‘हामीलाई जानकारी नदिइ हाम्रो जग्गामा डोजर लगाउन थालियो । मैले बुझ्नका लागि डोजर भएतिर जाँदा मलाई उचाल्ने र पछार्ने कार्य गरियो,’ तुलारामले भने, ‘शरीरमा गम्भिर चोटपटक लागेको छ । प्रहरीले समेत मेरो मुद्दा लिन मानेको छैन ।’
उनलाई डोजर लगाउँदै गर्दा उनको श्रीमती भने ठूलो स्वरले चित्कार्दै गरेको भिडियोमा देख्न सकिन्छ भने उनलाई डोजरले अगाडि पछाडि गर्दै लछारपछार गरेको समेत भिडियोमा प्रष्ट देखिन्छ । रोयल बिल्डर्स कम्पनीको डोजरले आफूमाथि आक्रमण गरिएको तुलारामले बताए ।
भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्
Comments
अरु समाचार
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...












