लालु यादवलाई जेलमै तेस्रो लिंगीबाट सेक्स गर्ने देखि बिहे सम्मको प्रस्ताव
एजेन्सी, २१ पुस । चारा घोटाला अभियोगमा भारतीय पूर्व केन्द्रीय रेलमन्त्री लालुप्रसाद यादव जेल सजाय भोगिरहेका छन् । अदालतले उनलाई सजाय सुनाउने दिने हिजो बिहीबार अदालतमा निकै रोचक घटनाहरु भएका छन् । न्यायाधीश शिवपाल सिंहसँग कुरा गर्दा लालुले निकै रमाइला रमाइला कुरा गरेपछि अदालतमा हाँसो गुञ्जिइरह्यो ।
सुनुवाइकै क्रममा लालु विशेष न्यायाधीशको नजिकै गए । त्यसपछि लालुले भने ‘हजुर जेलमा तेस्रो लिंगी पनि छन् । म उनीहरुसँग हालखबर सोधिरहन्छु । जब उनीहरुको नजिक जान्छु उनीहरुले विवाहको प्रस्ताव गर्छन् ।’ यो सुन्नासाथ अदालतमा भएका सबै मजाले हाँसे । लालुले जेलमा अन्य २ जना न्यायाधीश पनि कैद सजाय काटिरहेको भन्दै उनीहरुले उच्च श्रेणीको सुविधा दिन आदेश दिन पनि अनुरोध गर्न भ्याए ।
लालुले आफ्ना छोरा तथा बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवसहित आफ्नो पार्टी राष्ट्रिय जनता दलका बरिष्ठ नेता रघुवंश प्रसाद सिंह, कांग्रेसका बरिष्ठ नेता मनिष तिवारी र शिवानन्द तिवारी विरुद्ध अदालतले जारी गरेको अदालतको अवहेलनासम्बन्धी आदेश फिर्ता लिन पनि बिन्ती गरे । लालुले भने ‘हजुर मान्छेहरुले पनि के भन्लान् । सबै राजनीतिज्ञ हुन् । हामीले हजुरको अपमान कहिल्यै गर्ने छैनौं ।’
जवाफमा न्यायाधीश सिंहले २३ जनवरीसम्म पर्खिन भने । अवहेलना मुद्दामा अदालतले सबै आरोपीलाई २३ जनवरीका दिन अदालत उपस्थित हुन आदेश दिएको छ । लालुले न्यायाधीश सिंहलाई आफ्नो दिमाग ‘कूल’ राख्न पनि सुझाव दिए ।
न्यायाधीशले लालुलाई ‘तपाइँका कैयौ शुभचिन्तकले अहिले पनि पटक पटक फोन गरेर हैरान पार्छन् । त्यसलाई बन्द गर्नुस्’ भने । लगत्तै लालुले भने ‘यस्तो त नहुनुपर्ने हजुर । कसले बदमासी गरेको रैछ खोजौंला ।’ लालुले आफू जेलमा शान्तिसँग बस्ने बताए ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












