वाम गठबन्धले थाल्यो यस्तो बहसः देउवाले कार्यकर्तालाई बाँडेको पैसा राज्यकोषमा फिर्ता गरिने
काठमाडौं, २२ पुस । यतिबेला काम चलाउ बनेको शेरबहादुर देउवा सरकारले करोडौं आर्थिक सहयोग बाँडिरहेको छ । आर्थिक सहायताका नाममा देउवा सरकारले आफ्ना कार्यकर्तालाई करोडौं रुपैयाँ बाँडिरहेको हो । उक्त कार्य तत्काल रोक्न भावी सरकार गठनको तयारीमा रहेको वाम गठबन्धनले पटक पटक दबाव दिईरहेको छ ।
तरपनि सरकारले विभिन्न आर्थिक नाममा कार्यकर्तामाथि करोडौं रकम वितरण गर्ने रोकेको छैन् । बाम गठबन्धनले भने अब बन्ने नयाँ सरकार मार्फत अहिले बाँडिएको आर्थिक सहायता फिर्ता गराउने तयारी थालेको छ । बाम गठबन्धन आवद्ध युवा र विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेस तथा निर्वाचन आयोगविरुद्ध सडक बहस गरेका छन् ।
एमाले निकट अनेरास्ववियु र युवासँग तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र वाइसीएलले नयाँबानेश्वरमा शुक्रबार संयुक्त रुपमा सडक बहस आयोजना गरेका छन् । कार्यक्रममा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्वविद्यार्थी नेता लेखनाथ न्यौपानेले जनादेशको सम्मान गरेर सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री देउवा र काँग्रेस नेताहरुलाई आग्रह गरे ।
२०४६ सालको बहुदलपछि २२ वर्ष काँग्रेसले शासन सत्ता सञ्चालन गरेको भन्दै न्यौपानेले मुलुकलाई अहिलेको अवस्थामा पु¥याउन काँग्रेसको भूमिका रहेको आरोप लगाए । काँग्रेसले ०१५, २०४८ र २०५६ मा बहुमतको सरकार चलाएको भन्दै न्यौपानेले काँग्रेसले मुलुकको नेतृत्व गर्न नसक्ने पटकपटक सिद्ध भइसकेको उल्लेख गरे । ‘काँग्रेसले मुलुकको नेतृत्व गर्न सक्दैन’, न्यौपानेले भने, ‘काँग्रेस असफल भएकै कारण बाम गठबन्धनलाई जनताले दुई तिहाई नजिक मत दिएका छन् ।
‘जनादेशको सम्मान गरेर काँग्रेसले तत्काल सत्ता छाड्नुपर्छ ।’ एमाले केन्द्रीय सदस्य एवं पूर्वविद्यार्थी नेता खिमलाल भट्टराईले काँग्रेसको गलत रबैयाको जवाफ जनताले निर्वाचनमा दिएको बताए । उनले निर्वाचनबाट पराजित भइसक्दा पनि सत्ता नछाड्ने प्रवृत्ति नसुधार्ने हो भने काँग्रेसको मृत्यु निश्चित रहेको दाबी गरे । ‘अहिले त जेनतेन काँग्रेसले प्रत्यक्षमा २३ सिछ जितेको छ’, भट्टराईले भने, ‘यस्तै रबैया कायम रहने र नसुध्रने हो भने काँग्रेसको मृत्यु हुन्छ ।’ भट्टराईले काँग्रेसको रक्षा गर्ने भए आफ्ना सभापति शेरबहादुर देउवालाई जनादेशको सम्मान गर्दै सत्ता छाड्नका लागि दबाब दिन नेविसंघ र तरुण दललाई अपिल गरे ।
अखिल अध्यक्ष नवीना लामाले जनताको जिउधनको रक्षा गर्न नसक्ने सरकार जनमत गुमाउँदासम्म लाचारीपूर्वक सत्तामा टाँसिरहेको भन्दै कटाक्ष गरिन् । निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्या गर्ने समूहले नै शुक्रबार पन्देहीको देवदह नगरपालिका–५ का युवासंघ कार्यकर्ता वसन्त पौडेलको गोली हानी हत्या भएको भन्दै सरकारको राजीनामा माग गरिन् । जनमत गुमाइसक्दा पनि जबर्जस्ती सत्तामा बसिरहने हो भने आफूहरुले सडकबाटै देउवा सरकार हटाइदिने चेतावनी उनले दिइन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जनादेशको सम्मान गर्दै तत्काल सत्ता छाड्न प्रधानमन्त्री देउवालाई आग्रह गरे । उनले जनमत गुमाइसकेको र कामचलाउ सरकारले पाँच वर्षका लागि सत्ताबाहिरै बस्नुपर्ने निश्चित भएपछि सो अवधिका लागि सेटिङ मिलाउने काम गरिरहेको भन्दै आपत्ति जनाए । मुलुकको ढुकुटी रित्याएर काँग्रेस सरकारले कार्यकर्ता पोस्न जथाभावी रकम बाँडिरहेको भन्दै तामाङले त्यसको निन्दा गरे ।
उनले बाम गठबन्धनको सरकार बनेपछि काँग्रेस कार्यकर्ताबाट उक्त रकम फिर्ता राज्य कोषमा फिर्ता गरिने चेतावनी दिए । ‘हाम्रा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको थियो, मूल्यवृद्धि ३ प्रतिशतमा स्थिर रहेको थियो’, तामाङले भने, ‘राज्यको ढुकुटीबाट काँग्रेसका कार्यकर्तार्ला बाँडिएको रकम बाम सरकार बनेपछि फिर्ता गराउँछौं ।’ उनले त्यसबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











