नयाँ सरकार गठन लगत्तै आईजीपी अर्याल र मुख्य सचिव रेग्मीलाई हटाउने ओलीको तयारी
काठमाडौं, २२ पुस । यतिबेला प्रशासनिक बृतमा प्रहरी प्रमुख प्रकाश अर्याल र मुख्यसचिव लोकदर्शन रेग्मी चर्चामा छन् । वर्तमान काम चलाउन सरकारका कारण उनीहरु चर्चामा आएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनीहरु प्रहरी र प्रशासनिकतन्त्रलाई भताभंग पार्ने खेलमा लागेका छन् ।
प्रहरीभित्र अहिलेसम्म चल्दै आएको चैन अफ कमाण्डलाई देउवाको निर्देशनमा महानिरिक्षक अर्याल भत्काउने खेलमा लागेका छन् । त्यस्तै मुख्यसचिव रेग्मी पनि देउवाकै निर्देशनमा प्रशासन क्षेत्रमा विकृति ल्याउनमा उद्दत रहेको प्रशासनिक क्षेत्रका कर्मचारीहरुको गुनासो रहेको छ । तर अब भने नयाँ बन्ने सरकारले पहिला यी दुवै जनालाई हटाउने भएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्ने बाम गठबन्धनको सरकारले प्रहरी महानिरीक्षक अर्याल र मुख्यसचिव रेग्मीलाई हटाउने भएको हो ।
अर्याल र रेग्मीले पदीय मर्यादा उल्लंघन गरेर कुनै अमुक दल र नेताको अनुकुलतामा काम गरेको र प्रहरी र कर्मचारी प्रशासनमा अस्थिरता उत्पन्न गराएको आरोप एमालेको छ । हालै आफ्ना ललितपुर–१ का नवनिर्वाचित सांसद एवं पूर्वडिआईजी नवराज सिलवाललाई फर्जी किर्ते मुद्धा तयार पारेर फसाउन खोजेको भन्दै एमालेले अर्याल र रेग्मीलाई ‘टार्गेट’ गरेको हो ।
प्रहरी प्रमुखको दौडमा रेहका सिलवाललले कार्यसम्पादन मूल्यांकन किर्ते गरी अदालतमा पेस गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । सिलवाललाई काठमाडौं र ललितपुर प्रहरीका साथै केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले खोजी गरिरहेको छ । तर, सिलवाल भने मलेसियमा छन् ।
‘प्रकाश अर्याल र लोकदर्शन रेग्मीले पूर्वाग्रह साँध्ने काम नरोके हामी पनि त्यसको राम्रो हिसाब गरौंला’, एमालेका एक नेताले भने, ‘नयाँ मन्त्रिपरिषद बनेलगत्तै मुख्यसचिव र प्रहरी प्रमुख फेरिन सक्छन् ।’
एमाले शीर्ष नेतृत्व तहमा उनीहरुलाई हटाउनेबारे छलफल सुरु भइसकेको दाबी ती नेताले गरे । मुख्यसचिव रेग्मी र महानिरीक्षक अर्याल दुवैलाई मन्त्रिपरिषद कार्यालयमा सल्लाहकार बनाएर तान्ने र नयाँ नियुक्ति गर्ने तयारी रहेको दाबी स्रोतको छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











