जाजरकोटमा भाइरलका कारण ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी
जाजरकोट, २३ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए । ‘जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन्’, सिंहले भने ।
औषधि र स्वास्थ्यकर्मी छिटो रोग प्रभावित क्षेत्रमा पठाउन माग गर्दै स्थानीयले बड्कुले स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई केहीबेर घेरेको डा. पवन शाक्यले बताए । स्वास्थ्य चौकी बड्कुलेबाट रोग प्रभावित क्षेत्र मजकोट पुग्न करिब पाँच घण्टा लाग्छ । अहिले स्वास्थ्य संस्थामा आफूमात्र भएको र आज मात्र १४५ जना बिरामीलाई स्वास्थ्य चौकीमा नै सामान्य जाँच गरेको सिंहले बताए ।
सो स्थान सदरमुकामभन्दा २३ कोस टाढा पर्छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले पाँचजनाको भाइरलका कारण मृत्यु भएको पुष्टि गरे । जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालनका लागि सदरमुकामबाट औषधि झिकाएको बताए ।
रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ वर्षीय सतरुप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरवाँया टोलका ५२ वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर शाहीका पाँच दिनका छोरा, शान्तबहादुर शाहीका दुई महिनाका छोरा, मानबहादुर विकका पाँच महिनाका छोरा, कालो दमार्इंका सात महिनाका छोरा, बिर्ख नाथकी पाँच वर्षीया छोरी कविता नाथ र एक नाम नखुलेका बालकको मृत्यु भएको स्वाथ्य चौकी बड्कुलेका प्रमुख हरिबहादुर सिंहले बताए । ज्वरो र रुघाखोकीले ८०० भन्दा बढी गाउँले बिरामी परेका छन् । स्वास्थ्य चौकीमा दैनिक २०० भन्दा बढी भाइरलका बिरामी आउने गरेको उनले बताए ।
संस्थाभन्दा धामीझाँक्रीको भरमा
वर्षेनी जाजरकोटका विकट गाउँमा मौसमी रुघाखोकी र ज्वरोका कारण यही समयमा यहाँका स्थानीयवासी बिरामी हुने गर्छन् । अत्यधिक चिसो मौसमका कारण यहाँका स्थानीयवासी बिरामी हुने गरेका छन् । दैनिक खानेकुरा र कपडा लगाउने लगायतका विषयमा ध्यान नदिँदा स्थानीयवासी बिरामी हुने गरेका छन् ।
बालबालिका चिसो मौसममा राति परेको तुषारो बरफ भनेर खाँदा बढी बिरामी हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । वृद्धवृद्धाको चिसो खप्न नसक्दा मृत्यु हुने गरेको छ । अधिकांश गाउँले बिरामी हुनेबित्तिकै उपचारका लागि स्वास्थ्य संस्थाभन्दा धामीझाँक्रीकहाँ जाँदा अकालमै मृत्यु हुने गरेको छ ।
कहाँ-कहाँ छन् बिरामी ?
जुनीचाँदे गाउँपालिका–१ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, वडा नं २ का मजकोट, आलीमौगाना, वडा नं ३ का डाँडाकोट र परालेमा भाइरल प्रकोपका रुपमा देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन् । एउटै घरमा तीन–चारजना बिरामी परेको स्थानीय काशीराम न्यौपानेले बताए । जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका बिरामी बढेका छन् ।
बिरामीमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउनेलगायतका समस्या देखिने गरेको छ । त्यस्तै, वारेकोट गाउँपालिकाको वडा नं ५ मा पनि भाइरल ज्वरोका कारण विद्यार्थी विद्यालय आउन नसकेको सरस्वती माविका प्रअ मनबहादुर सिंहले बताए । विद्यार्थी विद्यालयमा नआउँदा परीक्षासमेत प्रभावित भएको छ । वारेकोट गाउँपालिकाको जिरी र नायकवाडामा बढी बिरामी भएको सिलिगीका स्वास्थ्यकर्मी डम्मर कार्कीले बताए ।
भाइरलको प्रकोप फैलिएको सूचना पाएको एक दिनपछि ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा गएका छन् । ‘रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौँ”, जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने, ‘एच १ एन १ हो कि भनेर टेष्ट किट पठाएका छौँ ।
यदि एच १ एन १ भए रोग फैलिने खतरा धेरै हुने भएकाले पहिचानका लागि समयमै सजग हुनुपर्छ ।’ सँगै प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा पवन शाक्यको नेतृत्वमा थप टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताए । रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











