अर्काको किड्नीले बाचिरहेका केपी ओली भन्छन्, ‘यी नभएको भए मेरो दशौं पुण्य तिथि भइसक्थ्यो’
काठमाडौं, २३ पुस । आमा अन्जन ओलीको काखमा बसेका यी हुन अर्पण र अभिलाषा । यिनलाई एमाले अध्यक्ष केपी ओलीले आफ्नै छोराछोरी ठान्छन । यी दुबैको पढाईको खर्च सबै केपीले नै बेहोर्ने गरेका छन् । केपी ओली र उनकी धर्मपत्नी राधिका ओलीको कोखबाट सन्तान जन्मेका छैनन् । केपी दम्पती भक्तपुरको बालकोटमा बस्छन ।
उनीहरुले अर्पण र अभिलाषालाई नै आफ्ना छोराछोरी ठान्ने गरेका छन् । केपी दम्पतीकालागि उसै पनि अर्पण र अभिलाषा धेरै टाढाका सन्तान होइनन् । अर्पण र अभिलाषाका बुबा तारा र आमा अन्जन ओली केपी दम्पतीका नजिका भाई बुहारी हुन् । उनीहरुबिचको पारिवारिक सम्बन्ध प्रगाढ छ ।
अन्जन ओली तिनै भाई बुहारी हुन् जसले केपी ओलीलाई आफ्नो मिर्गौला दान दिएकी थिइन् । सामान्य आर्थिक अवस्था भएको तारा र अन्जनको परिवारलाई गाह्रो साह्रो परेको बेला केपी ओलीले सहयोग गर्दै आएका छन् । अर्पण र अभिलाषालाई केपी ओली दम्पतीले आफ्नै छोराछोरी ठानेर व्यवहार गर्ने गरेको अन्जन सुनाउछिन । दुबै बोर्डिङ स्कुल पढ्छन् । उनीहरुको पढाई लेखाईको खर्च सबै जेठाजू (केपी ओली) ले तिर्ने गरेका छन् ।
अन्जनले भनिन, ‘अर्पण र अभिलाषालाई तिमीहरूले जन्मायौं, छोराछोरी मेरा हुन भन्नुहुन्छ ।’ चितवनको घिमिरे परिवारकी छोरी अन्जन घिमिरे झापाका तारा ओलीसँग विवाह गरेपछि ओली परिवारकी बुहारी बनेकी थिइन । जेठाजूलाई मिर्गौला प्रत्यारोपण गराउनु पर्दा अन्जन मिर्गौला दान गर्न तयार भएकी थिइन । केपीलाई मिर्गौला दान गरेपछि ओली परिवारमा उनलाई सबैले सम्मानका साथ हेर्ने गरेका छन ।
मिर्गौला दान गर्ने बेला अन्जनको उमेर २१ बर्ष थियो । केपी ओलीको २०६४ साल असारमा नयाँ दिल्लीस्थित अपोलो अस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । अन्जनले मिर्गौला दान गर्ने बेला अर्पण १५ महिनाका थिए भने अभिलाषा पछि जन्मेकी हुन । आफ्नै भाइबुहारीले आँट गरेर मिर्गौला दान गरेर आफूलाई बचाएकोमा केपी पनि खुसी छन । हेल्थ टुडेले उल्लेख गरेको छ।
केपी भन्छन, ‘अन्जनले मिर्गौला दान नदिएको भए मेरो दशौं पुण्य तिथि भइसक्थ्यो होला ।’ तारा र अन्जन दम्पती काठमाडौंको गुह्येश्वरी पारि भाडाको कोठामा बस्छिन् । उनीहरु समान्य व्यापार र जागिर गर्छन । सामान्य घरायसी जीवन बिताइरहेका छन् । आफ्नो सामान्य अवस्था भए पनि उनले कहिल्यै जेठाजू (केपी) लाई यो या त्यो मागिनन् ।
उनी भन्छिन, ‘मैले केही गरिदिनु होला भनेर मिर्गौला दिएकी होइन । राष्ट्रिय राजनीति सम्हालिरहेको मान्छेलाई मैले सानो सहयोग गर्न सकेकोमा मलाई गर्व छ ।’ एउटै परिवार भएकाले ओली र अन्जनको परिवारमा साप्ताहिक कुराकानी हुन्छ । महिना १५ दिनमा सँगै बस्नै, खानेगरी भेटघाट हुन्छ । ‘कुनै रोग , समस्या नभनी लुकायो भने जेठाजूले झपार्नुहुन्छ’, अन्जनले भनिन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











