दक्षिण कोरियाद्धारा २०१८ का लागि आप्रवासी कामदारको कोटा निर्धारण
काठमाडौं, २३ पुस । दक्षिण कोरियाले २०१८ का लागि आप्रवासी कामदारको कोटा निर्धारण गरेको छ । कोरिया सरकारले दक्षिण तथा मध्य एसियाका १६ राष्ट्रका आप्रबासी कामदारका लागि सन् २०१८ को कोटा निर्धारण गरेको हो ।
सन् २०१८ को कुल ५६ हजार कोटालार्ई गत वर्षकै आधारमा नबढाई सरकारको नीति कार्यान्वयनको कार्यालय, न्याय मन्त्रालय, श्रम मन्त्रालय सहित १२ मन्त्रालय सम्मिलित समितिले गत वर्ष बिभिन्न क्षेत्रमा कामदार अभाबका कारण पर्न गएको असुबिधाको समिक्षा गर्दै यसबर्ष बिभिन्न क्षेत्रमा आप्रवासी कामदारको संख्यालाई बाँडफाँड गरेको हो ।
कोरियाको आप्रवासी कामदार प्रबद्धन गर्ने समितिले कृर्षि क्षेत्रमा काम गर्ने आप्रवासी कामदार प्रति रोजगारदाताले रहनसहन तथा कामकाजप्रति गरिने ब्यबहारलाई सुधार गर्नुपर्ने र नगरिएमा कृर्षि क्षेत्रको आप्रवासी कामदार कोटालाई अंकुश लगाउन सरकारलाई अनुरोध गरेको छ ।
सन् २०१७ मा दक्षिण कोरियाको न्यायिक निकायले १३ हजार २२५ अवैधानिक आप्रवासी कामदार पक्राउ पश्चात स्वदेश फिर्ती कारण पनि सन् २०१८ मा आप्रवासी कामदार संख्या निर्धारणमा महत्वपूर्ण भुमिका रहेको र अबैधानिक आप्रवासीलाई रोजगार उपलब्ध गराए बापत २९४९ रोजगारदाताबाट २० मिलियन कोरियन वोन क्षतिपूर्ति लिएका कारण अबको कोरियाको श्रमवजारमा श्रमसंख्यामा तिब्रमात्रामा आप्रवासी कामदारको माग रहने अनुमान छ ।
कोरियाको श्रम मन्त्रालयले जनाएअनुसार उत्पादनमुलक क्षेत्रका लागी कुल ४२ हजार ३ सय र कृषि क्षेत्रमा ६ हजार ६ सय आप्रवासी कामदारलार्ई जनवरी, अप्रिल, जुलार्ई तथा अक्टोवर सम्ममा कार्यक्षेत्रमा आपूर्ति गरिनुका साथै कुल कोटाको साठ्ठी प्रतिशत जुन सम्ममा पुरा गरिने छ ।
कुल कोटा मध्ये मत्स्यपालनमा यसबर्ष २६००, निर्माण क्षेत्रमा २४०० लगाएत सेवा क्षेत्रमा १०० कोटा निर्र्धारण गरेपनि नेपाली कामदारका हकमा भने मत्स्यपालन, निर्माण एंवम सेवा क्षेत्रमा सरकारले अनुमति नदिएका कारण यो क्षेत्रमा माग हुँने छैन ।
कोरियाको चार बर्ष दश महिनाको भिषा अबधिमा एकपटक पनि रोजगारस्थल परिवर्तन नगरी स्वदेश फिर्ता भएका र रोजगारदाताले चाहेर आउँन र्ईच्छुक आप्रबाशी कामदारका हकमा गतबर्ष छुट्टै शिर्षकमा १३००० कोटा निर्धारण गरेपनि यसबर्ष कुल कोटाबाट नै कटौती गरि ल्याईनेछ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












