कालिकोट घटनामा प्रहरीको गजवको निष्कर्षः आफैं गोली चलाएर म्यादी प्रहरी मार्ने, दोष विप्लवलाई
काठमाडौं, २४ पुस । दुई साताअघि कालिकोटमा भएको म्यादी प्रहरीको आन्दोलनमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको घुसपैठ भएको निष्कर्ष निकालिएको छ । सो घटनाको छानबिन गर्न बनेको समितिले विप्लव पार्टीको घुसपैठ भएपछि दोहोरो झडप भएका कारण गोली चलेको ठहर गरेको हो।
म्यादी प्रहरीको आन्दोलनमा विप्लव पार्टीको सहयोगकै कारण म्यादीले प्रहरीमाथि आक्रमण गरेको र प्रहरीलेस्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको समितिको ठहर छ । तलबभत्ताको विषयलाई लिएर आन्दोलनमा उत्रेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा म्यादी प्रहरी ऐडीको मृत्यु भएको थियो ।
आन्दोलनका क्रममा म्यादी प्रहरीलाई स्थानीय विप्लवका कार्यकर्ताले हौस्याएको प्रतिवेदनमा उल्लेख गरिएको समाचार आजको राजधानी दैनिकमा छ। समितिले आइतबार गृहसचिव मोहनकृष्ण सापकोटालाई बुझाएको प्रतिवेदनमा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको उल्लेख गरिएको छ।
कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहरालाई सामान्य चेतावनी र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई पनि सामान्य विभागीय कारबाही सिफारिस गरिएको छ। ‘कालिकोट घटनाको प्रतिवेदन आइतबार सचिवलाई बुझाइएकोछ, त्यसभित्र के के छ अहिले नै भन्न मिल्ने अवस्था छैन’ गृह मन्त्रालयका प्रवक्ता नारायणशर्मा दुवाडीले भने।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











