तलब असमान भएको भन्दै बीबीसी सम्पादक ग्रेसीद्धारा राजीनामा
काठमाडौं, २४ पुस । बीबीसी चिनियाँ सेवाकी सम्पादक क्यारी ग्रेसीले पदबाट राजीनामा दिएकी छन् । असमान तलबको मुद्दालाई लिएर उनले राजीनामा दिएकी हुन् । बीबीसीमा पुरुष कर्मचारीको तुलनामा महिलालाई कम तलब दिइएको भन्दै उनले राजीनामा दिएकी हुन् ।
तीन वर्ष बीबीसीमा काम गरेकी उनले एक खुला पत्रमा बीबीसी कर्पोरेशनमा ‘गोप्य र गैरकानुनी तलब संरचना’ रहेको आरोप लगाएकी छन् । डेढ लाख बेलायती पाउण्डभन्दा धेरै तलब पाउने कर्मचारीमा दुई तिहाई पुरुष भएको जानकारी पाएपछि बीबीसीमाथिको विश्वासमा संकट आएको उनले बताइन् ।
गत जुलाइमा बीबीसीले वार्षिक डेढ लाख पाउण्डभन्दा बढी तलब खाने कर्मचारीहरुको तलब सार्वजनिक गर्नुपरेको थियो । बीबीसीमा दुई पुरुषले अन्तर्राष्ट्रिय सम्पादक महिलालेभन्दा कम्तिमा ५० प्रतिशत बढी तलब पाउने थाहा पाउँदा आफू निकै हताश भएको ग्रेसीले बताएकी छन् ।
बीबीसी अमेरिकाका सम्पादक जोन सेपेलले दुईदेखि साढे दुई लाख पाउण्डको बीचमा तलब पाउँथे भने मध्यपूर्वका सम्पादक जेरेमीको तलब डेढदेखि २ लाख पाउण्डको बीचमा थियो । यद्यपि यो सूचीमा ग्रेसीको नाम थिएन, यसको अर्थ उनको तलब वार्षिक डेढ लाख पाउन्ड छैन । ग्रेसीले आफ्नो खुलापत्रमा तलब बृद्धि नभई बराबरी चाहिएको बताएकी छन् ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












