रामशरण महत र गगन थापालाई बम हान्ने व्यक्ति एउटैः काठमाडौंबाट छुटे, नुवाकोटमा समातिए
नुवाकोट, २५ पुस । सम्पन्न भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटमा उम्मेदवारलाई लक्षित गरी बम पड्काएको अभियोगमा प्रहरीले लिखु गाउँपािलका–६, थानापतीका राजीव तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का कांग्रेस उम्मेदवार डा. रामशरण महत र प्रदेश नंं ‘ख’ का उम्मेदवार रमेश महतलाई लक्षित गर्दै बम विस्फोट गराएको अभियोगमा पक्राउ परेका तामाङलाई सोमबार नुवाकोट जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
३२ वर्षका तामाङलाई ककनीको थानाभञ्ज्याङमा गएको मंसिर १ गते बम विस्फोट गराउन संलग्न भएको अभियोगमा काठमाडौँको प्रहरी नियन्त्रणबाट नुवाकोट प्रहरीले जिल्ला ल्याएको हो । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको युवा संगठनमा आबद्ध तामाङ बम पड्काउन घटनास्थल थानाभञ्ज्याङमा आएको मोबाइल नेटवर्कको आधारमा नियन्त्रणमा लिएकाले थप प्रमाण जुटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा तामाङको भूमिका बम लिएर घटनास्थलमा पुग्ने र पड्काउने भूमिका देखिएको प्रहरीको दाबी छ । कांग्रेसका उम्मेदवार महतद्वय चढेको गाडी लक्षित गरी बम विस्फोटन गराउँदा उनीहरु सुरक्षित रहे पनि पाँच जना गम्भीर घाइते भएका थिए ।
तामाङलाई गएको मंसिर १७ गते काठमाडौँमा कांग्रेसका उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम विस्फोट गराएको अभियोगमा प्रहरीले हातहतियारसहित पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाएको थियो । नुवाकोट प्रहरी प्रमुख कुँवरका अनुसार काठमाडौं अदालतबाट धरौटीमा रिहा भएपछि नुवाकोट घटनामा संलग्न रहेका तामाङलाई प्रहरी नियन्त्रणबाट यता ल्याइएको हो ।
ककनी बम विस्फोटमा संलग्न प्रारम्भिक अनुसन्धानमा आठजना देखिएकाले अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेकालाई अदालतमा ज्यान मार्ने उद्योग मुद्दाको अभियोगपश्चात् बम विस्फोटसम्बन्धी अपराध मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने प्रहरीको तयारी छ । रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











