यूएईमा पाँच वर्षमा ३४७ नेपालीको मृत्यु, एक वर्षमा मात्रै ८४ जना
यूएई, २५ पुस । एक वर्षको अवधीमा रोजगारीको लागि यूएई गएका ८४ नेपालीको ज्यान गएको छ । सन् २०१७ मा रोजगारीका लागि युएई पुगेका ८४ जना नेपालीहरुको ज्यान गएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो ।
मृत्यु हुनेहरुमा ७६ जना पुरुष र ८ जना महिला रहेका छन् । ४३ प्रतिशतको प्राकृतिक कारणले ज्यान गएको छ । भने ३१ प्रतिशतको आत्महत्याका कारण ज्यान गएको छ भने दुर्घटनामा परी २६ प्रतिशतको ज्यान गएको छ । यो संख्या सन् २०१६ भन्दा १८ जनाले धेरै हो । सन् २०१६ मा ६६ जना नेपाली कामदारको ज्यान गएको थियो । मृत्यु हुनेमा सबैभन्दा धेरै प्राकृतिक कारण ३६ जनाको मृत्यु भएको छ ।
प्राकृतिक कारण अन्तर्गत हृदयघात, मष्तिस्क पक्षघात तथा रक्सी खाएर धेरैले ज्यान गुमाएका छन् । त्यसमध्ये २४ जनाको हृदयघातका कारण, ९ जनाको विभिन्न रोग लागेर र १ जनाले रक्सीको कारण ज्यान गएको छ । बाँकी दुई जनाको मृत्युको कारण खुलेको छैन ।
नेपाली दूतावास अबुधावीको ४ वर्षको रेकर्ड हेर्ने हो भने सन् २०१६ मा ६६ जना, सन् २०१५ मा ६४ जना, सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जनाको मृत्यु भएको थियो । खाडी मुलुकहरुमध्ये नेपाली कामदारहरुका लागि युएई उपयुक्त मानिदै आएको छ । यूएईमा नेपाली कामदारहरुको सरकारी तथ्याङ्क नभएता पनि करिब २ लाख ५० हजारको हाराहारिमा रहेको अनुमान छ ।
आत्माहत्या गर्ने महिला धेरैः
गएको वर्ष २६ जनाले आत्महत्या गरेका छन् । जुन सख्या सन् २०१६ भन्दा १४ जनाले धेरै हो । सन् २०१६ मा १२ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा पुरुष भन्दा धेरै महिला रहेका छन् ।
५ वर्षमा ३४७ जनाको मृत्युः
पछिल्लो ५ वर्षमा युएईमा ३ सय ४७ जना नेपालीलेको ज्यान गएको छ । जसमध्ये ३ सय १७ जना पुरुष र ३० जना महिला छन् । यो ५ वर्षमा सडक दुर्घटना र जाँड खाएर ज्यान गुमाउनेको संख्या बढेको छ । सडक दुर्घटनामा ज्यान गुमाउने मध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली भएको दूतावासले जनाएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












