यी हुन् मुख्यमन्त्री र राष्ट्रियसभा उम्मेदवार छान्न ओली–प्रचण्डका चार मापदण्ड
काठमाडौं, २६ पुस । एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री र राष्ट्रियसभा उम्मेदवार चार मापदण्ड तय गरेका छन् । सात प्रदेशका मुख्यमन्त्री र आसन्न राष्ट्रियसभा चुनावमा उम्मेदवार बन्न चार मापदण्ड तय गरेका हुन् । बुधबार बिहान ओलीनिवास बालकोटमा बसेको दुर्इ दलका शीर्ष नेताका बैठकमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चार मापदण्डका आधारमा काम गर्न कार्यदलका सदस्यहरूलाई निर्देशन दिएको एमाले नेता शंकर पोखरेलले जानकारी दिए । ‘चार मापदण्ड तोकेर त्यसैका आधारमा काम गर्न उहाँहरुले निर्देशन दिनुभयो’– नेता पोखरेलले भने ।
मुख्यमन्त्री र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छान्न सम्बन्धित प्रदेशका स्थानीय तहमा पार्टीले जितेको संख्यालाई पहिलो आधार मानिनेछ । मुख्यमन्त्रीको निर्णय गर्दा प्रदेशसभामा पार्टीले पाएको सिट संख्याका साथै सम्बन्धित प्रदेशका मुख्यमन्त्रीमा दाबेदारको व्यक्तिगत सम्भावना र कार्यक्षमतालाई समेत आधार मान्नु पर्नेछ । ‘यसरी निर्णय गर्दा पार्टी एकताको मर्मलाई ध्यानमा राख्नुपर्छ,’ पोखरेलले भने– ‘मुख्यमन्त्री र राष्ट्रियसभा उम्मेदवार छान्दा सन्तुलन पनि हुनुपर्छ भन्ने दुवै अध्यक्षको निर्देशन छ ।’
कार्यदलले व्यक्तिबारे निर्णय नगर्ने तर यस्तो गर्दा उपयुक्त हुन्छ भनेर सुझाव मात्रै दिने पोखरेलले बताए । प्रतिनिधिसभामा जसरी ६०–४० प्रतिशतका आधारमा नभर्इ सम्बन्धित प्रदेशमा पाएको संख्यालाई आधार मनेर उम्मेदवार छानिने उनले बताए ।
दुर्इ अध्यक्षको निर्देशनपछि राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर कार्यदलले पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेस गर्ने बताइएको छ । कार्यदलले बिहीबारदेखि नै काम सुरु गरेर छिटो रिपोर्ट पेस गर्ने पोखरेलले बताए ।
कार्यदलको रिपोर्ट आउनुभन्दा पहिल्यै पार्टी एकता भइहालेमा भने यस कार्यदलको रिपोर्ट स्वतः एकीकृत तहको शीर्ष कमिटीमा हस्तान्तरण हुने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











