यी हुन् नेपाल एकिकरणका सुत्रधार पृथ्वीनारायण शाहका दिव्य उपदेश
काठमाडौं, २७ पुस । आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाल एकिकरणका सुत्रधार पृथ्वीनारायण शाहको स्मरणमा आगामी पौष २७ गते राष्ट्रिय एकता दिवस तथापृथ्वी जयन्ति मनाइन्छ । लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छोडेपनि यसवर्ष भने सरकारले सार्वजनिक बिदा दिएको छ ।
नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । उनका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ ।
दिब्य उपदेशमा उनका हरेक वाक्यको ठूलो महत्व छ तर यहाँ हामीले १० वटा यस्ता दिब्य उपदेश प्रस्तुत गरेका छौ जुन हरेक सच्चा राष्ट्रप्रेमी नेपालीले एक पटक पढ्नैपर्ने खालका छन् । नेपाल कानुन आयोगको वेबसाइटमा राखिएका दिव्य उपदेश यस्तो छ :
१- स्रोत साधनको सदुपयोग
पृथ्वीनारायण शाहले स्रोत साधनको सदुपयोगका लागि सुझाव दिएका छन् । उनले खानी भएको ठाउमा गाउ भए पनि गाउलाई अन्यत्र सारेर खानी चलाउनु पर्ने तथा उब्जनी योग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्ने बताएका छन् ।
२- अदालतको पैसा दानमा खर्चिनु
पृथ्वीनारायण शाह धार्मिक राजा हुन् । त्यसो त एकिकरणका क्रममा उनका थुप्रै धार्मिक यात्रा अध्ययन गर्न पाइन्छ । उनले दिएको उपदेशमा पनि धर्म कर्मका कुरालाई बिशेस प्राथमिकता दिएको पाइन्छ । उनले अदालतको पैसा दरबारमा नलैजान र त्यसको सदुपयोग जोगी, सन्यासी र ब्रह्मानलाई भोजन गराउन सुझाएका छन् । यसो गरे असत्य दोष नलाग्ने उनको बुझाइ छ ।

३- मुलुकमा अन्याय हुन् नदिनु
पृथ्वीनारायण शाहको यो दिब्य उपदेश हरेक नेतृत्वबर्गले हेक्का राख्नुपर्ने देखिन्छ । नेतृत्वबर्गले न्याय निसाफलाई ख्याल गर्न उनले सुझाएका छन् । भ्रस्टाचारीले न्याय निसाफ बिगार्ने र यिनलाई जस्तोसुकै कारबाही गरे पनि पाप नलाग्ने उनको उपदेशमा उल्लेख छ ।

४- सुरक्षानिकाय र जनताप्रति बफादार
उनी सिपाही अर्थात सुरक्षाकर्मी र जनताप्रति कतिसम्म बफादार रहेछन भन्ने कुरा उनको यो उपदेशबाट प्रस्ट हुन्छ । उनले लडाईमा मरेका सिपाहीका सन्ततीलाई प्रोत्साहन गर्न बिभिन्न सुझाव दिएका छन् ।

५-आत्मनिर्भरको अभ्यास
पृथ्वीनारायण शाहले दिएका दिब्य उपदेशमा आत्मनिर्भरका कुराहरु पनि उल्लेख छन् । उनले बिदेशीलाई देशमा भित्र्याउदा मुलुकलाई कंगाल बनाउन सक्ने भन्दै सुझाएका छन् । देश भित्रै कपडा बनाउन र त्यसका लागि प्रशिक्षण दिन पनि उनले आग्रह गरेका छन् । साथै उनले त्यति बेला देश भित्रको नगद बाहिर नजाओस भनेर बिभिन्न योजनाहरु पनि बनाएका थिए । उनले जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो भनेका छन् ।
६- सबै मिलेर मुलुकको रक्षा गर्नु
उनको यो उपदेश निकै लोकप्रिय छ । यो उपदेशमा उनको राष्ट्रभाव मात्रै पोखिएको छैन सारा जनतालाई राष्ट्रप्रेम जगाएको छ ।
७- चीनसँग सम्बन्ध राख्नु भारतसँग सतर्क रहनु
नेपाल दुई ढुंगाको तरुल जस्तो रहेको भन्दै पृथ्वीनारायण शाहले दक्षिण छिमेकी सँग सतर्क रहन उहिले भनेका थिए । दक्षिणका बादशाह ‘महाचतुर’ रहेको भन्दै उनले सुरक्षा सतर्कता बढाउन सुझाएका छन् । साथै उनले जाइ नलाग्न र जाइ लाग्नेलाई नछोड्न पनि उपदेश दिएका छन् ।

८- काठमाडौँको सुरक्षा
उनले त्यति बेला राजधानी काठमाडौँलाई निकै संबेदनशील क्षेत्रका रुपमा लिएका थिए । त्यसो त शिवपुरी, चन्द्रागिरी,फूलचोक, महादेवपोखरी, पालु, दाप्चा, काहुल्या लगायतका सिमानामा सुरक्षा ब्यबस्था कडा बनाउन भनेका छन् ।
९- गुणको होइन नुनको पछि लाउनु
पृथ्वीनारायण शाहले गुणको भन्दा पनि नुनको पछि लाग्नु पर्ने उपदेश दिएका छन् । आफ्नो सिपाहीलाई अरुले लोभलालचमा पार्लान भन्ने सतर्कताका साथ उनले सुझाब दिएका छन् जुन अझै पनि उत्तिकै सान्दर्भिक छन् ।
१०- मौलिक सास्कृतिक प्रेम
आफ्नो देशको मौलिक सस्कृतीप्रतिको उनको क्रेज यो उपदेशबाट प्रष्ट हुन्छ । आफ्नो सस्कृतीको संरक्षण र जगेर्ना आजको आबश्यक बनेको छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...












