नेपाल भारत प्रबुद्ध समूहको छैठौं बैठक दिल्लीमा बस्दै
काठमाडौं, २७ पुस । नेपाल भारत प्रबुद्ध समूहको छैठौं बैठक दिल्लीमा सुरु हुँदैछ । नेपाल र भारतबिचको सम्बन्ध तथा सन्धि पुनरावलोकन गर्न गठित प्रबुद्ध समूहको छैठौं बैठक आजदेखि दिल्लीमा बस्न लागेको हो ।
सन् १९५० को सन्धिलगायत नेपाल र भारतबिच भएका अरु सन्धि, खुला सिमाना, व्यापारलगायका समग्र विषयमा प्रतिवेदन लेखनका चरणमा प्रबुद्ध समूहको बैठक केन्द्रित हुनेछ । आउने असार महिनामा प्रवुद्ध समूहको दुई वर्षे कार्यकाल सकिँनै लाग्दा बस्न लागेको बैठकमा ठोस छलफल गर्ने तयारी भईरहेको छ ।
आजको बैठकपछि दुईवटा मात्र बैठक बस्ने र प्रतिवेदन लेखनको काम सुरु हुने प्रबुद्ध समूहका सदस्य राजन भट्टराईले जानकारी दिए । यसअघि काठमाडौंमा भएको बैठकमा नेपाल पक्षले नेपाल भारतबिच रहेका असमान विषयलाई हटाउन प्रस्ताव गरेका थिए ।
त्यसबेला भारतीय पक्षले नेपालको कुरा सुनेको मात्र थियो जसका कारण बिहीबारदेखि बस्ने छैठौं बैठकलाई महत्वपूर्ण मानिएको छ । समूहमा नेपाल र भारतका तर्फबाट चार चार जना सदस्य रहेका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












