ज्ञानेन्द्र र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ भेटका मुख्य योजनाकार खुमबहादुर खड्का
काठमाडौं, २७ पुस । उपचार गर्न भन्दै भारत पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता गराएको खुलासा भएको छ ।
मृगौलाको उपचार गर्ने भन्दै गत आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका कांग्रेस नेता खड्काले उत्तरप्रदेश आएर पूर्वराजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथबीचको भेटघाटको चाँजोपाँजो मिलाएको उच्च स्रोतले जनाएको खबर यूनाइटेड पोष्ट साप्ताहिकमा छ ।
हिन्दूराष्ट्रको अभियान नै चलाएका नेपाली कांग्रेसका नेता खड्काले मुलुकमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताउँदै आएका छन् । खड्काकै डिजाइनमा पूर्वराजा ज्ञानेन्द्र शाह मध्य र सुदूरपश्चिमका जिल्लाहरूको भ्रमणमा गएको बताइएको छ ।
खड्काको आग्रहपछि पूर्वराजा शाह दाङ जिल्लामा रहेका गुरु गोरक्ष रत्ननाथ र अम्बिेश्वर मन्दिरको दर्शन गरेर फिर्ता भएका थिए । पूर्वराजा शाहले दाङको घोराहीस्थित चौधेरमा रहेको गुरु गोरक्षरत्ननाथ बाबाको मन्दिरमा पुगेर पूजा गर्नुको ठूलो रहस्य छ ।
गुरु गोरक्षरत्ननाथ बाबाको मन्दिरबाट प्रत्येक वर्ष फागुनमा मूर्ति लिएर योगी आदित्यनाथ महन्थ रहेको उत्तरप्रदेशको तुलसीपुरस्थित मन्दिरमा जाने गरिन्छ । यो परम्परा झण्डै एक समय वर्षदेखि चल्दै आएको छ । खड्काकै डिजाइनमा पूर्वराजा शाहले योगी आदित्यनाथलाई प्रभावमा पार्न चौघेरामा रहेको गुरु गोरक्षरत्ननाथ बाबाको मन्दिरमा पुगेर दर्शन गरेका थिए ।
त्यसपछि पूर्वराजा शाह नेपालगञ्जको रुपैडिहवा हुँदै उत्तरप्रदेश पुगेर योगी आदित्यनाथसँग भेटेको खड्काका एकजना सहयोगीले बताए । आउने फागुन महिनामा पनि गुरु गोरक्षरत्ननाथ बाबाको मूर्तिलाई कृष्णानगर हुँदै तुलसीपुर लगिनेछ ।
माओवादी द्वन्द्व हुनुभन्दा अगाडि घोराहीबाट लमही, गढवा, कोइलाबास हुँदै गुरु गोरक्षरत्ननाथ बाबाको मूर्तिलाई पूजारीले काखमा राखेर हिँडेर उत्तरप्रदेशको तुलसीपुरसम्म पु९याउने परम्परा थियो ।
माओवादीको धम्कीका कारण हिँडेर जाने परम्परालाई थाँती राखेर बसबाट जाने गरिएको छ । दाङ जाने बेला पूर्वराजा नेपाली कांग्रेसका नेता खड्काको निवास सत्बरिया हुँदै घोराही पुगेका थिए । सत्बरियामा खड्काको घर पर्छ ।
सत्बरियामा केही समय स्थानीयसँग भलाकुसारी गरेर पूर्वराजा शाह लमही हुँदै घोराही गएका हुन् । सत्बरियामा पूर्वराजा शाह आएर केही समय बसेका थिए । तर, खड्काको डिजाइनमा पूर्वराजा शाह आएको सूईको कसैले पाएका छैनन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












