निर्माण व्यवसायी गौचन हत्याका अभियुक्तहरुलाई ३० वर्ष कैद सजाय मागदावी, को को छन् अभियुक्त ?
काठमाडौं, २७ पुस । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको अनुसन्धान सकिएको छ । गत २३ असोजमा घरबाट निस्किएर कार्यालय जाने क्रममा नयाँ वानेश्वर शान्तिनगरमा गौचनको हत्या भएको थियो। हत्यामा संलग्न समिर बस्नेत लगायत ६ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दायरको सिफारिस गरेको छ ।
हत्यामा संलग्न राजीव स्याङतान, शिवजी महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई डिआइजी गणेश केसी संयोजकत्वको छानबिन समितिले गत कात्तिक २८ गते सार्वजनिक गरेको थियो।
घटनामा संलग्न मुख्य सुटरहरु गंगा लिङदेन, श्यामबहादुर गुम्बे फरार छन्। त्यस्तै, समिरका निकट व्यक्तिहरु रोशन बुढाथोकी र लोप्साङ लामा पनि फरार छन्। उनीहरुलाई पनि फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
प्रहरी अनुसन्धान प्रतिवेदन अनुसार घटनामा संलग्न अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैद सजायको मागदाबी गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
अभियुक्तलाई ३० वर्ष कैद सजायको मागः
प्रहरीले संगठित अपराध र कर्तव्य ज्यान मुद्दा चलाउन सिफारिस गरेको छ। कर्तव्य ज्यान मुद्दामा २० वर्ष र संगठित अपराध मुद्दामा थप १० वर्ष गरी सबै अभियुक्तलाई ३० वर्ष कैद सजायको माग गरिएको छ।
प्रहरीले हत्याका प्रमुख योजनाकार समिरमानसिंह बस्नेतसहित २० भन्दा धेरै व्यक्ति विरुद्ध मुद्दा दायरको सिफारिस गरेको हो। फरार रहेका गुन्डा नाइके मनोज पुनलाई पनि प्रतिवादी बनाइएको छ।
साढे दुई करोड रुपैयाँ नदिँदा हत्याः
हत्याका मुख्य योजनाकार बस्नेतले बयानका क्रममा आफूले गौचनको हत्या गर्न लगाएको स्विकारेका छन्। गौचनले आफूलाई साढे दुई करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको उनले लिखित बयान दिएका थिए । अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार गौचनको डाँफे कन्ट्रक्सनमा कुमार श्रेष्ठ (कुमार घैंटे) मार्फत आफूले पनि लगानी गरेको र घैंटे मारिएपछि आफूले पैसा फिर्ता मागेकोमा नदिएपछि हत्या गरेको बताएका छन्।
हत्याका मुख्य योजनाकार बस्नेतले गौचनलाई करिब पाँच वर्षअघि गुन्डा नाइके कुमार घैंटे मार्फत चिनेका थिए। समिर घैंटेका सबैभन्दा विश्वासिला साझेदार थिए। ठेक्कापट्टामा भने गौचनसँग घैंटेको साझेदारी थियो। त्यही क्रममा घैंटेले नै समिरलाई गौचनसँग चिनजान गराएका थिए।
दुईबीचको कारोबार पनि समिरलाई थाहा थियो। ३ भदौ ०७२ मा कुमार प्रहरी मुठभेडमा काठमाडौंको कपुरधारास्थित घरै अगाडि मारिए लगत्तै डराएर समिरले काठमाडौं छाडे। प्रहरीले खोजी गरेको थाहा पाएपछि भारत भागेका उनलाई ठेक्कापट्टामा कमिसन खाने ‘लत’ परिसकेको थियो।
‘डाँफे कन्ट्रक्सनमा शेयर दिने भनेर कुमार घैंटेसँग गौचनले साढे दुई करोड रुपैयाँ लिएको भन्ने छ’, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का निर्देशक डिआइजी पुष्कर कार्कीले गत महिना आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘त्यसमध्ये एक करोड आफ्नो भएको दाबी गर्दै त्यो पैसा फिर्ता दिन धम्क्याएका थिए।’
त्यही घटनाबाट दुईबीच दुश्मनी बढ्दै गयो। पछि हुलाकी राजमार्गको ठेक्काको २ प्रतिशत कमिसन पनि माग्दै उनले धम्क्याएका थिए। हुलाकी राजमार्गको २ प्रतिशत कमिसन करिब २२ करोड रुपैयाँ थियो। गौचनले पैसा नदिने बताएपछि समिरको समूहले उनको हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











