रौतहटमा चिसोले कठ्यांग्रिएर मर्नेको संख्या ११ पुग्यो
रौतहहट, २७ पुस । रौतहटमा चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । लगातारको शीतलहर र न्यून तापक्रमले गर्दा रौतहटमा कठ्यांग्रिएर मृत्यु हुनेको संख्या ११ पुगेको हो ।
जिल्लाको दक्षिणी भाग पूर्ण रुपले शीतलहरको प्रभावमा परेको छ । उतरी क्षेत्र चन्द्रनिगाहपुर र आसपासका क्षेत्रमा घाम लागे पनि सदरमुकाम गौर तुषारो र कुहिरोले ढाकिएको छ । गरीब तथा विपन्न वर्गका परिवारहरु चिसोले सबै भन्दा बढी प्रभावित बनेका छन् भने पुराना रोगी, उच्चरक्तचाप, मुटुरोग तथा दमका बिरामीहरु थला पर्न थालेका छन् ।
बुधवार मात्रै रौतहटमा कठ्यांग्रिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बुधवार रौतहटको परोहा नगरपालिका ७ रामपुरखापका ६० वर्षीय रामलगन प्रसाद पटेल, गौर नगरपालिका ४ टिकुलियाका ७० वर्षीया सिया देवी तथा गढीमाई नगरपालिका ७ धनारी टोलका भिक्षु ठाकुर हजामको चिसोकै कारण मृत्यु भएको रौतहटका एसपी यज्ञ विनोद पोखरेलले जानकारी दिए ।
रौतहटको परोहा नगरपालिका वडा नम्वर २ जिगडवाका ४५ वर्षीय शेख समिम, वडा नम्बर ९ का ७० वर्षीया नसिरुल्लाह खातुन, ६५ वर्षीया मरठिया देवी कुर्मी, राजदेवी नगरपालिका ९ ब्रहृमपुरीका ६४ वर्षीय अकल प्रसाद सिंह, गढीमाई नगरपालिका वडा नम्बर १ समनपुरमा संचालनमा रहेको इँटा उद्योगमा कार्यरत सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलि, गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुरका ५५ वर्षीय महर्जन ठाकुर हजाम, गुजरा ७ प्रतापुर पल्टुवाकी फूलकुमारी देवी, दुर्गाभगवती ८ बडहर्वाकी सकली देवीको अत्यधिक जाडोका कारण मृत्यु भईसकेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












