विनाविभागीय मन्त्री हुँदाको पारिश्रमिक नलिने गिरिराजमणि पोखरेलको घोषणा
काठमाडौं, २८ पुस । माओवादी नेता गिरिराजमणि पोखरेलले विनाविभागीय मन्त्रीको पारिश्रमिक नलिने घोषणा गरेका छन् । देउवा सरकारले ८६ दिन अगाडि माओवादी मन्त्रीहरुलाई जिम्मेवारीविहिन बनाएपछि विनाविभागीय मन्त्री बनेका थिए ।
सरकार छाडेको पत्र प्रधानमन्त्रीलाई बुझाएपछि पोखरेलले विनाविभागीय मन्त्री हुँदाको पारिश्रमिक नलिने घोषणा गरेका हुन् । उनले भने, ‘विनाविभागीय मन्त्री हुँदाको पारिश्रमिक लिन्नँ ।’ पोखरेल आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको पार्टी अध्यक्ष प्रचण्डको पत्र लिएर प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
सरकार छाड्दा पोखरेलले आफूले व्यक्तिगत रुपमा पारिश्रमिक नलिने बताएका हुन् । अरु मन्त्रीले के गर्छन् ? पोखरेलले भने, ‘यो विषयमा मैले अध्यक्षलाई पनि भनेको छु, उहाँले अरु साथीहरुसँग सल्लाह गर्नु हुन्छ होला ।’
पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई पनि विनाविभागीय हुँदाको पारिश्रमिक नलिने प्रस्ताव आफूले राखेको उनले सुनाए । पोखरेलले भने, ‘यसमा प्रभाकरजी पनि सकारात्मक हुनुहुन्छ ।’ एमाले र माओवादीले वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाएका थिए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











