नारायणी उपक्षेत्रीय अस्पतालका १४ सटरमा प्रशासनद्वारा सिल
वीरगञ्ज, २८ पुस । नारायणी उपक्षेत्रीय अस्पतालका १४ पसल सिल गरिएको छ । स्थानीय प्रशासनले नारायणी उपक्षेत्रीय अस्पतल परिसरमा सञ्चालनमा रहेका १४ वटा औषधि र नास्ता पसलमा शुक्रबार सिल गरेको हो ।
पटक पटक अस्पताल व्यवस्थापन समितिले अस्पतालको सटर खाली गरिदिन गरेको आग्रहलाई अटेर गरेपछि प्रशासनले १४ वटा सटर सिल गरिदिएको हो । प्रशासनले सटरमा सिल लगाउने जानकारी पाएका औषधि तथा नास्ता पसलेहरुले शुक्रबार अबेरसम्म औषधि पसल खोलेका थिएनन् ।
प्रशासनले कडा सुरक्षा व्यवस्था गरेर सटरहरुमा लहाछाप लगाइदिएको छ । प्रशासनको निर्देशनमा अस्पताल हाताभित्र रहेका सटरहरु सिल गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिए ।
व्यवसायीहरुको औषधि र नास्ता पसलका समान सबै सटर भित्रै छ । योसँगै अस्पताल र सटरवालाहरुबीच लामो समयदेखि चलिरहेको द्वन्द्वले नयाँ मोड लिने भएको छ । अस्पताल हाताभित्र रहेका औषधि पसलहरूले मासिक २ हजारदेखि २० हजारसम्म भाडा तिर्ने गरेको लेखा शाखाले जनाएको छ ।
अस्पताल प्रशासनले सटरधनीहरुसँगको सम्झौता सकिएको भन्दै पटक पटक सटर खाली गर्न आग्रह गर्दै आएको थियो । तर, सटरधनीहरुले अटेर गर्दै आएका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












