अबको ६ दिन भित्र प्रदेश प्रमुख र मुकाम नतोकिए राष्ट्रियसभा चुनाव सर्ने खतरा
काठमाडौं, ३० पुस । अबको एकसाता भित्र प्रदेश प्रमुख र अस्थायी मुकाम नतोकिए राष्ट्रियसभा चुनाव प्रभावित हुने देखिएको छ । सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न ढिलाई गर्दा माघ २४ गतेलाई तोकिएको राष्ट्रियसभा सदस्य चुनाव प्रभावित हुने निर्वाचन आयोगले जनाएको छ ।
सर्ने प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने संवौनिक अधिकार सरकार भएपनि राजनीतिक सहमति जुट्न नसक्दा यी दुवै निर्णय हुन सकेको छैन । सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेश मुकाम तोक्न नसक्दा वा नतोक्दा राष्ट्रियसभा सदस्य निर्वाचन नै प्रभावित हुने खतरा बढेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
अबको ६ दिन भित्र प्रदेश प्रमुख नियुक्त नभए माघ २४ गतेलाई तोकिएको राष्ट्रियसभा निर्वाचन सर्नसक्ने प्रवक्ता ढकालले चेतावनी दिए । ढकालले भने “निश्चितै रुपमा हाम्रो कार्यतालिका अनुसार काम हुन पाउँदैन र सबै प्रक्रिया अवरुद्ध हुन्छ । मतदाता नामावली नै प्रकाशन गर्न नसकेपछि अन्य बिषय अगाडी बढ्न सक्दैन ।”
प्रदेशप्रमुख नियुक्तिमा भइरहेको ढिलाइले राष्ट्रियसभा निर्वाचनका लागि जारी गरेको कार्यतालिका समेत प्रभावित हुने भएपछि आयोगले सरकारको ध्यानाकर्षण पनि गरिरहेको छ । प्रवक्ता ढकालले भने “प्रदेशसभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेशप्रमुख समक्ष पठाउनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभा निर्वाचनसमेत प्रभावित हुने भन्दै सरकारको ध्यानाकर्षण गरिरहेका छौँ ।”
प्रदेशप्रमुखको नियुक्ति नहुँदा निर्वाचित भएको एक महिना बितिसक्दा पनि प्रदेशसभा सांसदहरुले शपथ लिन पाएका छैनन् । प्रवक्ता ढकालले भने “माघ सात गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्नुपर्ने चाप हामीलाई छ । त्यो भन्दा पहिले धेरै काम गर्नुपर्ने हुन्छ । यसर्थ प्रदेशप्रमुख र अस्थायी मुकाम छिटो तोक्न सरकारलाई पटक-पटक ताकेता गरिरहेका छौँ ।”
निर्वाचन कार्यक्रमअनुसार यही माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । त्यसपछि ८ र ९ गते मतदाता नामावलीउपर दाबी विरोधको कार्यक्रम छ । १० गते उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् । ११ गते उम्मेदवारीविरुद्ध दाबी विरोध र १३ र १४ गते उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । माघ १५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदानको कार्यक्रम तय गरिएको छ भने २४ गते मतदान हुनेछ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












